शिक्षकद्धारा विधार्थीलाई यातना

समाचार

विवेक राई
भोजपुर, २६ भदौ । भोजपुरको पैयापानीमा रहेको सार्वजनिक निमावीमा कक्षा ३ मा अध्ययनरत छात्रा सञ्जिता प्रधानलाई भदौ ११ गते शिक्षक कृष्ण श्रेष्ठले विद्यालयमा यातना दिएको भन्दै अभिभावकले विद्यालयमा गुनासो पोखेका छन् । प्रा.वि दरर्बिन्दमा कार्यरत शिक्षकले आफ्ना ७ वर्षिय छोरीलाई आफनो उज्वल भविष्यको लागि विद्यालय पठाएको तर विधालयमा यातना दिएर छोरीमाथी अमानवीय व्यवहार गरेको भन्दै विद्यालय प्रशासनमा सञ्जिताका वुवा कृष्णवहादुर प्रधानले गुनासो राखेका हुन् ।

शारीरिक तथा मानसिक रुपमा विद्यार्थीलाई असर नपर्ने तरिका बाट अध्ययन अध्यापन गराउने र पछिल्लो समय विधालयलाई वालमैत्रि विद्यालयको अभ्यासमा सामुदायिक विद्यालयहरुलाई नेपाल सरकारले अगाडी वढाईरहेको वेला विद्यालयमा शिक्षकले विधार्र्थीमाथि गरिने यस्तो व्यवहार अस्वभाविक देखिएको अभिभावक प्रधानको दुखेसो रहेको छ । शिक्षकले दिएको यातना पछि बालिका सञ्जिता बारम्बार स्वास्थ्य उपचारका लागि अस्पताल धाउनुपर्ने बाध्यता रहेको वुवा कृष्णबहादुर प्रधानले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकाजी कार्कीले भने शिक्षकलाई यस विषयमा सोध्दा आफुले बालिकालाई कुनैपनि हालतमा यातना नदिएको भन्दै जिकिर गरेको कार्कीले बताउनुभयो । बालबालिकालाई सामुदायिक विद्यालयमा हुनुपर्ने सकारको रणनीति विपरित सामुदायिक विद्यालयका शिक्षक बाटै यस्तो व्यवहार हुनुले सरकारको शिक्षानीति कार्यन्वयनमा समेत चुनौतिको रुपमा देखा परेको छ । शिक्षकले विद्यार्थी माथि गर्ने यस्तो व्यवहारले आफना बाल बच्चा लाई सुरक्षित ठानेर विद्यालय पठाउन समेत डर रहेको र विद्यालयलाई सुरक्षित बनाउनु पर्नेमा अभिभावकहरुले माग गरेकाछन् ।

Facebook Comments

Leave a Reply