प्रतिसिलिण्डर २५० ले ग्याँसको मूल्य घटाइयो

अर्थ

एविसि खबर
भदौ २३ । दशैंतिहार लगायतका चाडबाडलाई लक्षित गर्दै खोटाङमा खाना पकाउने ग्याँसको मूल्य घटाइएको छ । आउँदै गरेको दशैंतिहारलाई लक्षित गर्दै जिल्लाका ग्याँस डिलर र व्यवसायीले प्रतिसिलिण्डर २ सय ५० रुपैयाँका दरले मूल्य घटाएका हुन् ।

सदरमुकाम दिक्तेल, हलेसी, अर्खौले, जयराम, बुईपा, बिजुले, नुनथला, मुढे लगायत जिल्लाका बजारमा हालसम्म २ हजार १ सयका दरले बिक्री हुँदै आएको ग्याँसको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय ५० रुपैयाँ कायम गरिएको हो । आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल आयल निगमले बिहिबार रातीदेखि ग्याँसको मूल्य प्रतिसिलिण्डर ५० रुपैयाँ घटाए लगत्तै जिल्लाका व्यवसायीले उद्योग बाणिज्य संघको रोहबरमा शनिबारदेखि लागु हुनेगरी ग्याँसको मूल्य घटाएका हुन् । वर्षा र सडकको दूरावस्थाका कारण हालसम्म प्रतिकेजी १० रुपैयाँका दरले ढुवानी हुँदै आएको ग्याँस हाल प्रतिकेजी ५ रुपैयाँका दरले जिल्ला आउन थालेपछि पनि ग्याँसको भाडा घटाइएको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

gas-cylinders-235x300ग्याँसको तोकिएभन्दा बढि मूल्या लिन खोजिए खबर गर्न र कारबाहीकालागि सहयोग गर्न ग्याँस व्यवसायीले आग्रह गरेको छ । ‘चाडबाडका बेला उपभोक्ताको सहुलियतका लागि ग्याँसको भाडा घटाइएको हो,’ अध्यक्ष लयालुले भने, ‘वर्षाको अन्त्यसँगै ढुवानी दर घटेका कारण पनि ग्याँस बिक्रेता मूल्य घटाउन तयार भएका हुन् ।

Facebook Comments

Leave a Reply