पहिरोमा परिे एकदम्पतीको मृत्यु

विवेक राई,

भोेजपुर, १९ भदौ । अविरल वर्षातका कारण भोजपुरको कुलुङमा पहिरोमा परी एक दम्पतीको मृत्यु भएकाो छ । कुलुङ गाविस – ९ स्थित जगतधन राईको खेतमा शुक्रबार राति गएको पहिरोेमा परेर जिमिगाउ बस्ने ५८ वर्षका भरत राई र उनको श्रीमती वर्ष ५४ की राम मनि राइृको मृत्यू भएको छ । पहिरोमा परि उनिहरुले पालेको दुई वटा गाँई दुईवटा वाछा र चार वटा भेडा समेत पुरिएको स्थानीयले जानकारी दिएका छन् ।

पहिरोले घर पुरेको जानकारी प्राप्त हुनसाथ वित्तिकै प्रहरी चौकि कुलुङ बाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा गएको प्रहरी टोलि र स्थानीयको सकृयतामा पुरिएको घर पन्साउने क्रममा श्रीमान श्रीमती सहित उनका वस्तुभाउ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय दिङलाबाट गएको थप प्रहरी टोलिद्वारा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरको भनाइ छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment