खोटाङमा पपिनो खेति सुरु

समाचार

संगीता राई
खोटाङ, १९ भदौ । खोटाङमा स्वास्थ्यको लागि उपयोगी मानिने पपिनो फलको ब्यवसायिक खेति शुरु गरिएको छ । जिल्लामा हालै मात्र सुगर, उच्च रक्तचापलगायतका रोगहरुका लागि औषधिय गुण रहेको पपिनोको ब्यवसायिक खेति शुरु गरिएको हो ।

दक्षिण अफ्रिकाबाट आएको यो फल दिक्तेल नगरपालिकास्थित झिसेपु अर्गानिक कृषि फार्मले ब्यवासायिक रुपमा उत्पादन शुरु गरेको प्रोपाईटर धर्मराज राईले जानकारी दिए । राईका अनुसार ५ महिना अघि काठमाडौंबाट प्रति गोटा १ सय रुपैंयाँका दरले बिरुवा खरिद गरी २ सय बढी बिरुवाबाट हालैबाट उत्पादन शुरु गरिएको हो । समुन्द्री सतहदेखि ३ हजार मिटरसम्मको उचाईमा एक सिजनमा प्रतिबोट ५ केजीसम्म उत्पादन गर्न सकिने पपिनोमिलनको बजार मुल्य ५ सयदेखि ८ सयसम्म रहेको जनाईएको छ । यसको ब्यवसायिक खेति नेपालमा करिब ५–६ बर्षअघि काठमाडांै आसपासबाट शुरु गरिएको कृषकहरु बताउँछन् ।

जिल्लाको हावापानीमा राम्रै उत्पादन हुने औषधीय गुण भएको पपिनोलाई ब्यवसायिक रुपमा उत्पादन गर्न सकिने युवा कृषक धर्मराजको भनाई छ । पपिनोमिलनसम्बन्धी बिभिन्न किताब तथा पत्रपत्रिकाहरुमा अध्ययन गरिरहेको र औषधीय गुण रहेको पढिएको राईले बताए । झिसेपु अर्गानिक कृषि फार्मको सञ्चालक राईले ब्यवासायिक रुपमा स्ट्राबेरी, एबोकार्डो, गोलभेडा, अनार, अलैंचीलगाएतका खेतिबाट आम्दानी लिईरहेका छन् ।

Facebook Comments

Leave a Reply