जर्मनीबाट गरिब बालबालिकालाई सहयोग

समाचार

एविसि खबर

काठमार्डौ, १९ भदौ । नेपाली युवाहरुद्धारा स्थापित हिमालय बाल प्रतिस्ठानले गरिब तथा टुहरा बाल बालिकाहरुको शिक्षा लागि आर्थिक सहयोग सकंलन गरेको छ । सघिंय गणराज्य जर्मनीमा बसोबास गर्दै आएका विभिन्न युवाहरुले सांस्कृतिक कार्यक्रम मार्फत नेपाली असाहय बाल बालिकालाई उक्त रकम सकंलन गरेका हुन् । जर्मनीको कोन्सटान्जमा सांस्कृतिक कार्यक्रम मार्फत पहिलो पटक नेपाली बाल बालिकाका लागि कोष स्थापना गरिएको हो ।

त्यस्तै फाउन्डेशनले स्थापनको पहिलो वर्षमै प्रवासमा रहेरपनि आफ्नो देश नेपालप्रति योगदान पु¥याएको छ । फाउन्डेशनमा रहेका सस्थापक निङमा लामा शेर्पा र दावा जाङ्बु शेर्पा नेतृत्व टोलीले २ लाख नेपाली रुपैया सकंलन गरेको थियो । सस्थामा रहेका सदस्यले अध्ययन र काम गरेर बचेको समयलाई नेपालका लागि सामाजिक खर्चे गरेका थिए । उनिहरुले ३ घण्टा मात्रै सांस्कृतिक कार्यक्रम आयोजना गर्दै उक्त रकम सकंलन गरेका थिए । पढ्न नसकेका बाल बालिकाहरुको साहारा बन्ने लक्ष्यका साथ नेपाली युवाहरुले आफ्नो आम्दानीको केही रकम बाल बालिकाको शिक्षामा सहयोग गरेका छन् ।

सो कार्यक्रममा नेपाली युवाहरुले विभिन्न जात जातिको सांस्कृतिक पहिचान बोक्ने पोसाक लगाएका थिए । जसको माध्यमबाट नेपालको कुना कन्दरामा रहेका जातिय पहिचानको उत्थानमा सहयोग समेत मिल्ने सस्थापक निङ्मा लामा शेर्पाले बताए । कोषमा सकंलित उक्त रकम काठमाडौँको कपनमा रहेका हिमालयन चाइल्ड फाउन्डेशनको केन्द्रिय कार्यलय मार्फत शोलुखुम्बुका गरिब बाल बालिकाको शिक्षाका लागि प्रदान गरिएको छ ।

Facebook Comments

Leave a Reply