स्थापना दिवसको अवसरमा राई विद्यार्थीद्वारा रक्तदान

एविसि खबर
काठमाडौं, १६ भदौ । किरात राई विद्यार्थी संघले १८ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । आज (भाद्र १६ गते)संघको केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा ५० पिन्ट रगत जम्मा भएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा वालकुमारी काठमाडौंको प्राविधिक सहयोगमा भएको कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष ज्ञान (गेन) राई, संघका अध्यक्ष अर्जुन जम्नेली राई, पूर्व अध्यक्षहरु भोगिराज राई, रबिन राई, किरात राई युवा संघ केन्द्रीय अध्यक्ष मोहनप्रसाद राई, संघीय प्रेस फोरम नेपालका केन्द्रीय उपमहासचिव कमन देवान लगागतले रगत दिएका थिए ।

कार्यक्रममा अरुण भण्डारी, नरेश राजवंशी, गशेणलाल श्रेष्ठ, विकाश घडवा, मोरङ पथरीशनिश्चरेका व्यवसायी सुखदेव राई समेत रगत दिएका थिए । स्थापना दिवसको शुक्रबार सानोठिमी क्याम्पस भक्तपुरमा ‘पहिचान र स्थानीय निकायको पुनःसंरचना बिषयक अन्र्त्क्रिया’ हुने संघका अध्यक्ष अर्जुन जम्नेली राईले बताए । अन्र्तक्रियामा किरात राई यायोक्खा केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राई, पूर्व मन्त्रीहरु देव गुरुङ, गोपाल किराती, हेमराज राई, सभासद रामकुमारराई (आर.के.), लक्ष्मी राई, स्थानीय निकाय पुनःसंरचना आयोग अध्यक्ष वालानन्द पौडेल लगायतको उपस्थिति रहने छ ।

युवा विद्यार्थीहरुको तर्फबाट किरात राई समुदायको भाषिक, धार्मिक, साँस्कृतिक, राजनीतिक सुधार र नेपालमा हुदै आएको शैक्षिक विभेदको अन्त्य, वैज्ञानिक र व्यवहारिक शिक्षा नीतिको माग गर्दै नवीन राईको पहलमा २०५६ भदौं १७ गते किरात राई विद्यार्थी संघको स्थापना भएको थियो । संस्थापक अध्यक्ष नवीन जनयुद्ध कालदेखि राज्य पक्षले वेपत्ता पारेको छ । संघले अध्यक्ष राईलाई समेत तत्काल सार्वजनिक गर्न माग गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment