आन्तरिक विवाद नमिल्दा बलात्कारको अभियोग

१४ बर्षिय किशोर पक्राउ

खोटाङ, १६ भदौ । शिक्षिका छनौटको विषयमा भएको विवाद समाधान नहुँदा खोटाङका एक किशोरलाई बालिका बलत्कारको अभियोग लागेको छ । स्थानीय एक विद्यालयमा शिक्षक छनौटका क्रममा विवाद बढेपछि बालिका बलात्कार गरेको आरोपमा खोटाङका १४ वर्षीय प्रमोद खत्री पक्राउ परेका हुन् । सुस्त मनस्थिति भएका उनलाई स्थानीय आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुर्छिम–६ उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा खेल्दै गरेकी बालिकालाई भदौ–३ गते बेलुका घरबाट अन्यत्र लगी बलात्कार गरेको उजुरी परेपछि उनलाई मङ्गलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरी बलात्कृत भएको भन्दै बुबाले इलाका प्रहरी कार्यालय हलेसीमा सोमबार उजुरी दिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

घरबाटै पक्राउ परेका किशोरलाई बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बलात्कृत भनिएकी बालिकाको जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडित र पीडक भनिएका परिवारबीच आन्तरिक विवाद भएपछि मिलापत्र नहुँदा किशोरलाई बलात्कारको आरोप लगाइएको स्थानीयले बताएका छन् । उनीहरुबीच स्थानीय एक विद्यालयमा शिक्षक छनोटको विषयमा विवाद भएको बुझिएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment