प्रेमिकावाट धोका पाएपछि हत्या योजना

असोज १७, काठमाडौ
गर्लफ्रेन्डको हत्या गर्न डेरा पुगेका वैतडीका भुपेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रानो प्रतिशोध साँध्नका लाति गर्लफ्रेन्डको हत्या योजना बनाएका उनलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

अभियुक्त कार्की
अभियुक्त कार्की

गर्लफ्रेन्डको हत्या गर्ने योजनाअनुसार विहिवार दशवजे राति कार्की कटुवा पेस्तोल, नाइलनको डोरी, खुकुरी, चक्कु, सलाई पाँच लिटर डिजेलसहित युवतीका डेरामा पुगेका थिए । तीनकुने आलोकनगरस्थित शान्ति रायमाझीको घरमा दाजुसँग वस्दै आएका वैतडीका युवतीको डेरामा झैझगडा भएपछि  प्रहरीलाई खवर गरेका थिए । तर प्रहरी घटनास्थलमा पुग्दा कार्कीले फायर खोलिसकेका थिए । तर पड्केन । उनी प्रहरीको नियन्त्रणमा छन् । कार्कीविरुद्ध ज्यान मार्ने तथा हातहतियार खरखजाना अन्तर्गत मुद्धा दायर भई अनुसन्धान भैरहेको डिएसपी दानवहादुर कार्कीले जानकारी दिए ।

असारको रीस असोजमा
अभियुक्त कार्की र युवती एकै गाविसका हुन् । मात्र वडा फरकफरक । युवती पढ्ने विद्यालयका लेखापाल कार्कीले युवतीलाई एकोहोरो प्रेमि गर्थे । चार वर्षदेखि दुवैबीच राम्रै सम्बन्ध पनि थियो ।
विद्यालय शिक्षा सकाएर युवती ६ महिनाअघि कलेज पढ्न काठमाडौं आइन् । कार्कीले गाउँमै पढ्न दवाब दिन थाले । उच्च शिक्षाको लागि काठमाडौ आएकी  युवतीले कार्कीको आग्रहलाई अस्विकार गरिन् । दुईजनाबीच खटपट शुरु भयो ।
गत असारमा कार्कीले घरमै आएर दुख दिएको भन्दै युवतीको परिवारले प्रहरीमा उजुरी हालेका थिए । प्रहरीले कार्कीलाई पक्राउ गरी सावजनिक अपराध अन्तर्गत मुद्धा समेच चलाएको थियो । सजाय भुक्तान गरी कार्की थुना मुक्त भएका थिए ।
कार्की थुनामुक्त हुने बेला दुवै परिवारवीच मिलापत्र भएको थियो । कार्कीले अव दुख नदिने भन्दै सहीछाप पनि गरेका थिए । कार्की गाउँ फर्किए, प्रहरी सजाय पाएकाले विद्यालयले उनलाई हटाई लेखापलको जिम्मेवारीबाट हटाईसकेको थियो । कार्की अब बेरोजगार भए । यिनले स्थानीयहरुले आफूलाई हेर्ने दृष्टिकोण फरक अनुभूत गर्न थाले ।
मारेर मर्न चाहन्थे कार्की
गत असारमा थुनामुक्त हुदा यिनले आफु सुध्रने वाचा गरेका थिए ।  तर गाउँ फर्के पछि उनले सवैमा भिन्नता पाए । अर्थात अनुभव गर्न थाले् । त्यसले अभियुक्त कार्कीलाई असह्य भयो ।
यिनी युवतीले आफूलाई धोका दिएको निष्कर्षमा पुगे । युवतीको हत्या र आफनो आत्महत्या नै समाधान हो भन्ने निचोडमा कार्की पुगे । योजनाका लागि विकल्पहरुको विकास हुनथाल्यो ।
कार्कीले तत्कालिन माओवादी युद्धकालमा पेस्तोल पड्काउन सिकेका थिए । माओवादीले छाडेका हतियारबारे पनि यीनलाई जानकारी थियो । हत्यामा त्यही पेस्तोलको प्रयोग गर्ने निष्कर्षमा पुगे । योजना अनुसार कार्की हतियार सहित वैतडी श्रीकोटवाट एक्लै काठमाडौं हानिए  । काठमाडौंमै यी अरु सामान जुटाई पहिले पूर्व प्रेमिकाको हत्या गरी आत्महत्या गर्ने योजनामा कार्की थिए, तर उनको योजना असफल हुँदा यीनि हतकडीमा परेका छन् ।

 बरामद सामाग्री
बरामद सामाग्री

हत्या गर्न काठमाडौ आएका भुपेन्द्र कार्कीले डोरी, डिजेल र खुकुरी लगायतका सामानहरु  खरिद गरे । डिजेलले जलाउने र आफू पनि आत्महतया गर्ने योजना सहित कार्कीले चार राउण्ड गोली र नाइलनको डोरी  बोकेका थिए । यतिसम्म कि, सलाई बलेन भने लाइटर समेतको बन्दोबस्त गरेका थिए । गोली नचले खुकुरी प्रयोग गर्न कार्कीले खुकुरी खरिद गरेका थिए । कार्की पूर्व प्रेमिकाको हत्याको पूर्ण योजनामा थिए ।
पेस्तोल पड्केन
असोज १४ गते, विहीवार राती दश बजेतिर कार्कीले तीनकुने आलोकनगरस्थित पूर्व प्रेमिकाको डेरामा पुगे । सरासर युवतीका दाजु शरदचन्द्र जोशीको कोठामा पुगे ।  कोठामा पूर्व प्रेमिकालाई देख्नासाथ कार्कीले गोजीबाट पेस्तोल निकालेर ताक्दै ट्रिगर दबाए ।
पेस्तोलको गोली चलेन । अर्को गोली चेन्ज गर्न कार्कीसँग समय थिएन । पेस्तोलले काम नगरेपछि झोलाबाट खुकुरी निकाल्ने प्रयास गर्दै थिए ।
कार्कीको व्यवहार देख्नासाथ घरपरिवारका सदस्यले प्रहरी कन्ट्रोल नंबर सयमा फोन गरे । वानेश्वर वृत्तवाट करिव सय मिटरको दुरीमा प्रहरी तत्काल घटनास्थल पुग्यो । । कार्की पक्राउ परे । उनको साथमा रहेको हतियर सहितका सामाग्री बरामद भयो ।

Facebook Comments

Related posts

Leave a Comment