बौद्ध महाचैत्यको पुनरनिर्माण जनस्तरबाट

एविसि खबर
काठमाडौं, १४ भदौ, महाभूकम्पले क्षतिग्रस्त विश्व सम्पदामा सूचीकृत बौद्ध महाचैत्य र्निर्माण कार्य सरकारको मुख नताकी जनस्तरको सकृयतामा थालिएको थियो र यसको पुनर्निर्माण ९० प्रतिशत पूरा भइसकेको छ। यस्कार्यमा युद्धस्तरमा लागि परेका बौद्धनाथ क्षेत्र विकास समितिले दुई महिनामा सम्पूर्ण काम सकी मंसिर पहिलो साता देवातरण दिवस (लभव धुइछेन) को साइतमा राष्ट्रप्रमुखबाट प्राण प्रतिष्ठा गर्ने कार्यसूची बनाइसकेको छ ।Boudhanath Stupa

पुनर्निर्माणको लागि १८ करोड ४५ लाख रुपैयाँको बज़ेट आवश्यक थियो तापनि आफूसँग भाको मौजदात ३ करोडबाट पुनर्निर्माण कार्य थालिएको थियो । हालसम्म १४ करोड २२ लाख रुपैयाँ नगद र स्तूपमा लगाउने सुनको मोलम्बाका लागि ३० किलो सुन दानस्वरूप प्राप्त भएको छ । मोलम्बाका लागि चाहिने बाँकी ३ किलो सुन र ४ करोड़ नगद पनि सर्वसाधारणबाटै जम्मा हुँदैछ । यस ३६ मिटर अग्लो महाचैत्यलाई चट्याङबाट जोगाउन पहिलो पटक अर्थिङसमेत व्यवस्था गरिएको छ। सरकारले चासो देख़ाउन नसकेको अवस्थामा नागरिकस्तर पुनर्निर्माण थालिएको यो खबर सबैकोलागि सुखद र प्रेरणादायी छ । यस्तो अनुकरणीय एबं प्रसंशनीय काममा लागिपर्नु हुने सम्पूर्ण श्रद्धेय जनहरुमा हार्दिक नमन!!!

Facebook Comments

सम्बन्धित

Leave a Comment