पाँच हजार चेलिबेटी बेच्ने एक दम्पत्ति पक्राउ

समाचार

एविसि खबर
काठमाडौं, १४ भदौ । पाँचहजार भन्दा बढी नेपाली तथा भारतीय चेलिबेटी बेचेको आरोपमा दिल्ली प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । मानव बेचविखनको आरोपमा सारा नाम गरेकी महिला र उनका श्रीमान हुसेन सहित उनीहरुका छ सहयोगीलाई पक्राउ गरेको समाचारहरुमा  उल्लेख गरिएको हो ।

पक्राउ पर्नेमा ४५ वर्षीया सारा र उनका ५० वर्षीय पति हुसेन रहेका छन् । हुसेन दम्पत्तिले नेपालका साथै पश्चिम बंगाल, उडिसा, असम लगायतका क्षेत्रका ५ हजार भन्दा बढी युवतीलाई बेचेको प्रहरीको दाबी छ । उनीहरुले ५० हजारमा युवतीहरुलाई किन्ने र २ लाख भन्दा बढीमा बेच्ने गरेका थिए । भारतीय प्रहरीले हुसेन दम्पत्तिलाई पक्राउ गरेको स्वीकार गरेपनि थप केही बताउन चाहेको छैन ।

एजेन्सीहरुले जनाइएअनुसार उनीहरुले सुरुमा जीबी रोडमा धन्दा सुरु गरेका थिए । तर, यस्तो चार कोठी चलाएका छन् । सारा १९९० मा पनि पक्राउ परेकी थिइन् । र, उनलाई ७ वर्षको जेल सजाय पनि भयो । तर, उनी फेरि यही धन्दामा लागेको पाइएको छ ।

प्रहरीले हुसेन दम्पत्तिविरुद्ध पर्याप्त प्रमाण रहेको दाबी गरेको इण्डिया टुडेले जनाएको छ ।

Facebook Comments

Leave a Reply