सघनवस्ती भएको गाउँलाई नटुक्राउन संघर्ष समिति

समाचार

एविसि खबर
खोटाङ, १३ भदौ । खोटाङको जालपा, खार्मी, पाथेका, फेदी, खार्ताम्छा र बासपानीका स्थानीयले साम्पाङ र दुमी राईको सघन बसोबास रहेको गाबिसलाई समेटेर गाउँपालिका बनाउन संघर्ष गर्ने भएको छ । स्थानीय तहको पुर्नसंरचना गर्दा सामपाङ दुमीको बसोबास रहेको बासपानी, खार्ताम्छा, फेदी, पाथेका, खार्मी र जालपा गाबिसलाई टुक्रिन नदिनकालागि उनीहरुले संघर्ष थालेका हुन् ।

सामपाङ र दुमीको गाबिसलाई फरक–फरक गाउँपालिकामा राखिए उनीहरुको भाषिक, धार्मिक, साँस्कृतिक, रितिरिवाज, चालचलन, रहनसहन, परम्परा समेत टुक्रिने भएकाले हात्तीराम राई संयोजकत्वको संघर्ष समितिले सामपाङ र दुमी ‘क्लष्टर’लाई अखण्ड राख्न संघर्ष सुरु गरेको हो । १३ भदौमा ५ गाबिसका दलका नेता, बुद्धिजिवी, स्थानीय लगायतको भेलाले गठन गरेको संघर्ष समितिले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर सामपाङ र दुमीको बसोबास रहेको गाबिसलाई अखण्ड राख्नकालागि अभियान थालेको जानकारी दिएको छ ।

बासपानी, खार्ताम्छा, फेदी, पाथेका, खार्मी र जालपा गाबिसलाई समेटेर एउटा गाउँपालिका बनाउन प्रस्ताव गरेको संघर्ष समितिले स्थानीय तहको संख्या थपघट गर्नुपर्ने अवस्था आए बाक्सिला र सप्तेश्वर गाबिसलाई समेत समेटेर गाउँपालिका बनाउने बिकल्प सहितको खाका तयार पारेको छ । पाँच गाबिसको निर्णयका बिरुद्ध जुनसकै तहबाट आउने दवावबाट पछि नहट्ने समितिका संयोजक राईले बताए ।सामपाङ र दुमी क्लष्टरको गाउँपालिकाको नाम र केन्द्र भने सर्वदलीय भेलाको निर्णयबाट टुंगो लगाइने जानकारी दिइएको छ ।

Facebook Comments

Leave a Reply