भाडाको बन्द निजीलाई मस्ति

भिम राई
काठमाडौं, ९ भदौ । सरकारले पछिल्लो पटक सार्वजनिक यातायात सेवालाई नियमन गर्न सडक इजाजत नलिएका कालो प्लेटका सवारी साधन संचालनमा रोक लगाएपछि नीजि सवारी साधनलाई मस्ती भएको छ । सडक इजाजत नलिएको बाटोमा सवारी साधन चलाउन जोखिम हुने भएकाले सरकारले नियमन गर्न खोजेपनि निजि सवारी साधनहरुले यात्रुहरुलाई चर्को मूल्य लिएर यात्रु ओसार पसार गरिरहेका हुन् ।

यात्रुहरुलाई गन्तव्य पुग्नै पर्ने बाध्यता रहेको भन्दै चर्को मुल्य तिरेर उनीहरुले आफैले रिर्जभ गरेको भन्दै यात्रा गर्ने गरेका हुन् । रातो प्लेट भएको सवारी साधन नीजि प्रयोजनकालागि भएकाले यात्रु बोकेर हिँडन नपाउने कानुनी प्रावधान रहेको छ । तर प्रहरी प्रशासन सँगको मिलेमतोमा ८ देखी १० वटा नीजि स्र्कापियो गाडीले मान्छे ओसार्ने गरेको यातायात व्यवसायीहरुले आरोप लगाएका छन् ।

हाल रातो प्लेटका गाडीले काठमाडौंदेखि खुर्कोट–घुर्मी हँदै सोलु, खोटाङ तथा ओखलढुंगा जाने तथा ल्याउने गरेका उनीहरुको भनाइ रहेको छ । जयराम देखि काठमाडौं सम्म आइपुग्दा रातो स्कार्पियो चढेर आएका एक यात्रुले आफुले २ हजार रुपैयाँ तिरको स्विकारेका छन् । सरकारले त्यस रुढमा संचालन हुने सार्वजनिक सवारी साधनलाई प्रक्रियमा लैजान भन्दै आवत जावतमा रोक लगाएपछि नीजि सवारी साधनका लागी कमाउ धन्दा भएको बताइएको छ ।

एउटा स्कार्पियोमा १० जना सम्म यात्रुबोकेर दैनिक गाडी ओहार दोहोर गरिरहेको भएपनि नियमन गर्ने निकायले वास्ता नगरेको व्यवसायीहरुको दुखेसो रहेको छ । काठमाडौंबाट यात्रु बोकेर जाँदा प्रत्येक प्रहरी चौकीमा चेक जाँच गर्नुपर्नेमा प्रहरीले उल्टै हात मिलाएर छाड्ने गरेको उनीहरुको आरोप छ । सार्वजनिक यातायात बन्द भएपछि काठमाडौंबाट ओखलुढुंगा पुगेर आएका एक व्यवसायीले नाम नखोल्न भन्दै हात मिलाउने क्रममा प्रहरी चौकीहरुमा ५ सयकादरले रकम दिने गरेको बताए । उनले भने, ‘जाँदा प्रहरी सँग हात मिलाउँदै जाने र फर्कदाँ भने हातम मिलाउनु नपर्ने रहेछ ।’

प्रती व्यक्ती २ हजारका दरले भाडा उठाएर एका तर्फबाट २० हजार रकम असुल्ने त्यसबाट करिब १२ हजार नाफा हुने गरेको उनले बताए । जाँदामात्र बाटोमा हात मिलाउन र तेलको भाडा गर्दा लगभग ८ हजार खर्च हुने गरेको उनले बताए । उनका अनुसार जाँदा ३ हजारको तेल लाग्छ ।

काठमाडौं देखि मध्यपहाडी लोकमार्ग तथा पुष्पलाल राजमार्ग हुँदै जोडिएको बाटोको २ सय किलोमिटर लामो सडक क्षेत्रमा हर्कपुर, घुर्मी, खाङसाङ, ग्वालटार, खुर्कोट, रातमाटा झागाझोली, नेपालथोक, मंगलटार, भकुण्डेबेसी र काभ्रे भञ्ज्याङमा प्रहरी चौकी रहेका छन् ।

यता सरकारले भने व्यवसायीहरुले सम्बन्धीत अञ्चल कार्यालयबाट अस्थायी सडक इजाजत लिन सकिने बताएको छ । यसकालागी व्यवसायीहरुले स्थानीय प्रशासनको सिफारिसमा स्वीकृती लिन पर्ने छ । यातायात व्यवस्था सम्बन्धि बनेको ऐन अन्र्तगत नै व्यवसायीहरुले स्विकृती लिनु पर्ने र यसकालागी सबै व्यावसायी तत्पर रहनुपर्ने यातायात मन्त्रालयले जनाएको छ ।

सरकारले परमिट नै जारी नगर्ने तर एक्कासी सार्वजनिक सवारी साधनमा रोकावट गर्नु दुःखको कुरा भन्दै व्यावसायीहरुले भने आक्रोस व्यक्त गरेका छन् । उनीहरुले हामीलाई परमिट चाहियो भन्दा नदिने अनि व्यवसायीलाई घाटा र सर्वसाधरणलाई दुःख दिन नमिल्ने मध्येपहाढी यातायात व्यवसायी संघका अध्यक्ष दलबहादुर लामाले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment