संगीतको बजारमा चर्चा बटुल्दै गायिका जुनु

एविसि खबर
काठमाडौं, ७ भदौ । संगीत भनेको सधाना हो, गायनकला भगवान सरस्वतीको सुन्दर बरदान हो र निरन्तर संगीतको सधानाले नै हरेक गायक गायिकालाइ सांगीतिक क्षेत्रमा स्थापित बनाउछ जसको लागि मेहनत परिश्रम अनि लगनशीलताको आबश्यक पर्छ यसैको उदाहरण बनेकी छिन नब गायिका जुनु गौतम । पुर्वको झापामा जन्मेर सानै देखि आफ्नो बाबाको जागिरको सिलसिलामा ईण्डियाको मणिपुरमा हुर्कीएकी जुनुले बच्चा उमेर देखिनै गित थालेकी प्रतिभा हुन् ।

junu1

उनको घरैमा समेत सांगीतिक माहोल भएर होला उनीलाई संगीतमा डुब्न सजिलो भएको उनको भनाइ रहेको छ । उनले भनिन्, ‘घरमा आमा भजन गाउनु हुन्थ्यो भने बाबाले पनि गीतहरु लेख्नु हुन्थ्यो त्यहि भएर पनि सानै देखि संगीतमा रुचि र सोख बढ्दै गयो ।’ बिद्यालय पढ्दा देखिने विभिन्न स्टेज कार्यक्रमहरुमा गीत गाउदै आएकी उनले कार्यक्रमहरुमा आफ्नो कला क्षमता प्रदर्शन गर्दै गायन यात्रा सुरु गरेकी थिइन् । गायिका जुनुले औपचारिक रुपमा गित तथा संगीतको अध्ययन गरेर ज्ञान समेत लिएकी छन् । सानै उमेरमा प्रेम विबहा गरि घर परिवार अनि आफ्नो बाल बच्चाहरुको लागि समय दिएको हँुदा केहि समय सांगीतिक क्षेत्रबाट पलायन हुनु परे पनि अहिले उनि आफ्नो परिवार अनि जिबन साथीको साथ र सहयोगले फेरी संगीतमा आफ्नो भबिष्य खोज्दै पुनरागमन गरेकी बताएकी छन् ।

विभिन्न भाषा बंगाली, हिन्दि गीतमा समेत आफ्नो सुमधुर आवाज भरिसकेकी गायिका जुनुले छोटो समयमानै नेपाली संगीत क्षेत्रमा धेरै मिठा अनि राम्रा गीतहरु पस्कि सकेकी छन् । विभिन्न बाधा अड्चन पार गर्दै उनि अहिले गित संगीतमानै भबिष्य खोज्दै काठमाडौँलाइ कर्मथलो बनाउने सोचका साथ संघर्षरत रहेकी छन् । सुमधुर आवाजकी धनि गायिका जुनुले काठमाडौँमा आएर चलचित्रका तथा अन्य दर्जनौ गितहरु समेत रेकर्डिङ गरि सकेकी छन् । नेपाली चलचित्र जिबन काँडा कि फुलमा मैले ‘क लेख्न जाने’ बोलको गितबाट चर्चा बटुल्दै छिन र अन्य नेपाली चलचित्रको पाशर््व गायनमा पनि उनले आफ्नो आवाज दिइसकेकी छन् ।

जादुमय आवाजकी धनि जुनुको मेला महोत्सब देखि अन्य सांस्कृतिक, स्टेज कार्यक्रमहरु सम्ममा अहिले माग बढ्दै जान थालेको छ । पछिल्लो समय गित रेकर्डिङमा निकै नै ब्यस्त बन्दै गएकी जुनु हर प्रकारका गितहरु गाउन सक्ने क्षमता भएकी भर्सटाइल गायिका मध्ये एकमा पर्छिन । मिलनसार स्वभाबकि गायिका गौतम सबैलाई सम्मान पुर्बक आदर पनि गर्छिन अनि सधै हासेर बोल्छिन, उनि भन्छिन गित संगीत मेरो नशा नशा अनि रगतमा छ त्यहि भएर नेपाली संगीत क्षेत्रमा केहि गर्छु भनेर संघर्ष गर्दै छु , संगीतलाइ सरस्वतिको प्रशाद सम्झिने गायिका जुनु गौतम आफुमा भएको कलालाइ सधै आफ्ना दर्शक श्रोताहरु माझ समर्पित गर्नमा आफुलाई भाग्यमानी ठान्छिन । मिठो स्वरको धनि गायिका जुनु गौतम नेपाली साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्नेमा दुइमत छैन र चाडैनै आफ्नो एकल सोलो एल्बम बजारमा लिएर आउने तयारीमा जुटेकी जुनु गौतम भविष्यमा गित संगीतमानै आफ्नो जिबन समर्पित गर्ने सोचमा छिन । त्यति मात्र होइन उनि आफ्नो कला संस्कृतिलाई आफ्नो नेपालि भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन उिनि भन्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पु¥याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।

आफ्नो पन, नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीत लाइ सधै सम्रक्षण गर्न लागि पर्ने गायिका जुनु गौतमलाइ लाखौ लाख शुभकामना

Facebook Comments

सम्बन्धित

One Thought to “संगीतको बजारमा चर्चा बटुल्दै गायिका जुनु”

  1. Junu gautam

    abckhabar hirday bata dhyanvad

Leave a Comment