मिस प्लस टुको तयारीमा बन्दना

समाचार

एविसि खबर
काठमाडौं, ५ भदौ । विभिन्न सुन्दरी प्रतियगिता संचालन गर्दै आएको बन्दना कला केन्द्रको आयोजनामा ‘मिस प्लस टु ’ को सिजन टु हुजे भएके छ । आगमी शनिबार ११ गते प्रारम्भिक छनौटका् पहिलो अडिसन गर्ने तयारी गरेको केन्द्रका अध्यक्ष अपर्ण राईले जानकारी दिएका छन् ।

मिस प्लस टुका विजेता सहभागीले ल्याप टप सहित एअर होस्टेजको तालिमा सहभागी हुन पाउने छन् । भने उप विजेताले मोबाइल सहित विभिन्न किसिमको गीफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

वर्षेनी मिस एसएलसी, मिस राई गराउँदै आएको यस केन्द्रले मिस इण्डिजिनियस समेत गराउने तयारी गरेको छ । विभिन्न सांस्कृतिक कार्यक्रमहरुको समेत व्यवस्थापन गर्दै आएको यस केन्द्रले बालबालिका तथा विद्यालयका विद्यार्थीहरुका लागि ट्यालेण्ट शो जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

चाबाहिल स्थित कुमारी भवनमा नृृत्य, सँगीत तथा विभिन्न किसिमको तालिम तथा प्रशिक्षण संचालन गर्दै आएको अध्यक्ष राई जानकारी दिएका छन् ।

Facebook Comments

Leave a Reply