किराती आदिम पुर्खाहरुको रेखाचित्र सार्वजनिक

समाचार

एविसि खबर

काठमाडौं, ५ भदौ । किरातीहरुको आदिम पुर्खा तयामा, खियामा र रैछाकुले (खोक्चिलिप)को रेखाचित्र सार्वजनिक भएको छ । किरात राई यायोख्खाको तयामा खियामा र रेछाकुले प्रतिमा स्थापना समितीले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा रेखाचित्र तथा टिसर्ट सार्वजनिक गरेको हो ।

समिती यी तीन पुर्खाहरुको प्रतिमा खोटाङको महादेवस्थानस्थित तुवाचुङ जायजुम डाडाँमा स्थापना गर्न लागेका छन् । किराती विश्वास अनुसार यो ठाउँलाई तयामा र खियामाले तान बुनेको ठाउँरूपमा लिने गरेका छन् ।

तीन पुर्खाहरुको प्रतिमाको स्केच अर्जुन खालिङ राईले तयार गरेका हुन् । यी तीन पुर्खालाई किराती मिथक अनुसार जंगली युग (शिकारी)बाट खेतीपाती गरि मानव सभ्यतालाई आधुनिकीकरण गर्ने पुर्खाको रुपमा मान्छन् । यी तीन पात्रले जंगली युगबाट कृषि, घरेलु उत्पादन र विवाह संस्कृतिलाई सुरुवात गरेको मानिन्छ ।

कार्यक्रममा प्रतिमाको विवरण पेश गर्दे समितीका कोषाध्यक्ष युवराज राईले किरातीहरुको मौखिक संस्कृति मात्र रहेकोले भावि पुस्तासम्म बचाइ राख्न भौतिक संस्कृति (प्रतिमा, म्युजिम निर्माण र अभिलेख) संस्कृतिको रुपमा बदल्न आवश्यक रहेको बताए । तयाचुङ र जायजुम क्षेत्र किरातहरुको हजारौँ वर्ष पहिले सुरुवात भएको सभ्यता र संस्कृति केन्द्रका रुपमा रहेको छ ।

2 6 9 14 15 34 33 26 18 17 35 40 43

तस्विर ः कपिल राई

Facebook Comments

Leave a Reply