सुमन सरगमले ल्याए ‘बाटो कुरेर’ (भिडियो सहित)

एविसि खबर
काठमाडौं, ३ भदौ । ‘खोजी प्रतिभा सिजन १’ मा तेस्रो स्थानसम्म पुगेका गायक सुमन सरगमले दोश्रो गीती एल्वम ‘सरगम २’ एक गीत सार्वजनिक गरेका छन् । उनले विश्वकाजी राईको रचना तथा वसन्त थापाको संगीतमा ‘बाटो कुरेर’ गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

यस भन्द अगाडि सुरेश अधिकारीको संगीतमा रहेको विस्वकाजी राईको शब्दमा रहेको ‘म कुनै हतारमा छैन अझै तिमी आउन सक्छ्यौ, म कुनै दोधारमा छैन, तिमी माया लाउन सक्छ्यौ’ बोलको गीत गाएर चर्चाको शिखरमा पुगेका सरगमले आफ्नो एल्वमको यो गीत पनि उतिकै मिहेनतका साथ लिएर आएको बताए । उनी बाल्यकालदेखि नै गीत संगीत भने पछि मरिहत्ते गर्ने उनले विशेष गरेर सुगम संगीतमा आफुलाई लहसाउने बताउँछन् ।

उनले बजारमा ल्याएको ‘बाटो कुरेर’ बोलको गीतको भिडियोमा मोडेल निता ढुंगाना, सुधार उप्रेती र अनिज उप्रेतिको अभिनय रहेको छ भने गीतको ऐरेन्ज शाहाष शाक्यले गरेका छन् ।

भिडियो हेर्न तल जानुहोस

Facebook Comments

सम्बन्धित

Leave a Comment