चतुरे गाउँमा इजरा एडको उज्यालो

समाचार

सोभराज बराल
काभ्रे, ३ भदौ । नेपाल सरकार र देशका राजनीतिक दलहरु जुँगाको लडाँईमा व्यस्त भईरहेका बेला समुन्द्र पारिको देश इजरायलको एउटा संस्थाले काभ्रेपलान्चोकको सांगा नजिकैको चतुरे गाँउमा गएर आशाको दियो बालेको छ । इजरायलको चर्चित संस्था इजरा एडले काभ्रेपलान्चोकको नासिका गाविसमा पर्ने चतुरे गाँउका स्थानीयलाई भूकम्प पछि राहत वितरण गरेर तथा बिभिन्न किसिमका सीपमूलक तालिम दिएर जनता मन जितेको हो ।

भुूकम्प गएको केहि दिनमा नै राहात तथा उद्धारमा खटेको यो संस्थाले भूकम्पबाट पीडितहरुलाई अस्थाई टहरा बनाई त्यहाँका जनतालाई घामपानीबाट बचाएको थियो । उक्त गाँउमा स्थानीयलाई इजरा एडले अस्थाई घर मात्र बनाइ दिएन स्थाई रुपमा आत्मानिर्भरको बाटो तर्फपनि डो¥याउन खोज्दै छ । विदेशी संस्थाहरुले नेपाली जनतालाई पैसा बाँडेर जनता भड्काउने काम गरेको आरोप खेपिरहेका बेला इजरा एडले पैसा होइन आत्मानिर्भरको लागि सिप तथा व्यवसायका लागि श्रोत साधन उपलव्ध गराएर चुलो चौकोमा सिमित महिलाहरुलाई उत्पादनशिल बनाएको छ ।

भूकम्प अघीको चतुरे गाँउ

नेपालमा ०७२ साल बैसाखमा भूकम्प गयो । भूकम्पले चतुरे गाँउमा प्राय सबै घर गल्र्याम गुर्लुम लडे । तामाङहरुको वाक्लो बस्ती रहेको उक्त गाँउको मुख्य पेसा कृषि नै हो । काभ्रेको सदरमुकाम धुलिखेलबाट नजिकै रहेको उक्त गाँउमा बुढाबुढि, महिला तथा वालवालिका मात्र गाँउमा देख्न सकिन्छ । भूकम्प अघि त्यहाँ महिलाहरुलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचेका पनि थिएन । घाँस दाउरा र चुलो चौकोमा सिमित ति महिलाहरुको अहिलेको दैनिकि फेरिएको छ ।

भूकम्प गएको केहि दिनमा नै इजरा एड राहतको लागि चतुरे गाँउमा पुग्यो । सुरुका दिनहरुमा स्थानियलाई भूकम्पको बारेमा जानकारी दिने र सुरक्षित ठाँउमा बसाल्ने काममा खट्यो इजरा एड । २९ गतेको मुकम्प जानभन्दा अगाडि नै उक्त संस्थाले सुरक्षित स्थानमा अस्थाई टहरा निर्माण गरि स्थानीयलाई जिम्मा लगाइ सकेको थियो ।

त्यसपछिका दिनहरुमा त्यहाँका महिलाहरु दिनभरी खालिबस्ने देखेपछि इजरा एडले महिलाहरुमा सिप विकासको लागि हनि एडको माध्यमबाट स्थानीय मह सहयोग नामक सस्थाको सहयोगमा स्थानीय महिलालाई मह उत्पादन सम्बन्धी तालिम दियो । हनि एडले पहिलो चरणमा एक सय २० जना महिलालाई मह खेतिको तालिम दिएर तथा तालिम पश्चात व्यवसायको लागि श्रोत साधन उपलव्ध गराएर महिलालाई आत्मानिर्भर बनाएकोे स्थानीय महिला सोनु लामाको बताईन ।

chature gau

गाँउको प्रगति विवरण राख्दै लामाले स्थानीय महिलामा केहि गर्नपर्छ भन्ने चेतनाको विकास भएको र उनीहरु मह खेति तिर अर्क्षित मात्र हैन् राम्रो आम्दानी पनि गर्न थालेको बताईन् ।

चुलो चौकोमा सिमित महिलाहरुलाई मह उत्पादनको तालिम दिएर आत्मानिर्भर मात्र बनाएको छैन् २÷४ जना मानिसको विचमा बोल्न सक्ने बनाएकोे छ । चतुरे गाँउ अहिले देशकै नमुना गाँउ बनेको उक्त गाँउका स्थानीय अगुवा यूवा दिपक लामाले बताए । इजरा एडले महिलाहरुलाई सिपसंगै श्रोत साधन पनि उपलव्ध गराएर पुरुषमा निर्भर महिलाहरु त्यसबाट मुक्त भएका छन् ।

इजरा एड एक अन्तराष्ट्रिय सस्था हो । जुन विश्वका विभिन्न विकसित मुलुकहरुमा काम गरिरहेको छ । नेपालमा भूकम्प लगातै प्रवेश गरेको उक्त संस्थाले भूकम्पको वेला भूकम्प पिडितलाई राहत र उद्धार गरेर जनताको मन जितिसकेको छ । भूकम्पले अति प्रभावित ६ जिल्लामा अस्थाई तथा स्थाई आवास निर्माण गरेर धेरैलाई घामपानिबाट बचाएको छ भने विभिन्न खालका जनचेतना मुलक सडक नाटकको माध्यमबाट जनतामा जागरण ल्याएको छ ।

भूकम्प पछि महिला तथा वालवालिकामा परेको मानसिक असरलाई मध्यनजर गरेर विभिन्न ६ जिल्लामा सडक नाटकका माध्ययामबाट मानसिक रोगीहरुको उपचार गरिररेको छ । महिलाहरुलाई आत्मानिर्भर बनाएर व्यावसायी रुपमा सक्षम बनाउन सहयोग गरेको छ । त्यस्तै नयाँ घर बनाउदा भूकम्प प्रतिरोधी बनाउनुपर्छ भनेर स्पस्ट रुपमा विभिन्न गाँउमा गएर सडक नाटक मार्फत स्थानीयमा जनचेतना फैलाउदै आएको छ ।
इजरायल एडले भूकम्प प्रभावित छ जिल्लामा दुइ किसिमका सडक नाटकहरु प्रदशन गर्दै आएको छ । स्थानिय कलाकारहरुलाई नै ट्रेन गरेर गाँउ गाँउमा घर बनाउँदा भूकम्प प्रतिरोधी घर कसरी बनाउन सकिन्छ र भूकम्पले मानसिक उरुमा असर पारेकाहरुलाई सडक नाटक मार्फत चेतना फैलाउँदै आएको छ । चतुरे गाँउको बस्तुस्थिति बुझ्न सुसासन तथा अनुगमन समितिको सभापति महोनसिंह राठोर, इजरायल एडका नेपाल प्रतिनिधी बेनि, शान्त शर्मा, पुनःनिमार्ण प्रधिकरणका प्रतिनीधि, मह सहयोगका अध्यक्ष प्रेम लामा लगायतको टोलि त्यहाँ पुग्दा स्थानियले भव्य स्वागत गरे ।

त्यहाँ पुग्दा एउटा सडक नाटक देखाउने कार्यक्रम थियो । सामान्य औपचारीक कार्यक्रम पछि कलाकारले सडक नाटक प्रस्तुत गरे । नाटक पुनःनिमार्णमा केन्द्रीत थियो । कलाकारको प्रस्तुतिले नाटक हेर्न उपस्थित सबैको मन छोयो । नाटकमा गाउँको बास्तविकतालाई जस्ताको तस्तै उतारेका कारण उपस्थित स्थानीय देखि अतिथि सबैको मन छोएको थियो । उक्त नाटक हेरिसकेपछि सबैको आँखामा आशु देखिन्थ्यो भने स्थानीय भूकम्प प्रतिरोधी घर बनाउन प्रतिबद्ध थिए ।

Facebook Comments

Leave a Reply