खाँदवारीमा सांगीतिक साँझ

एविसि खबर

संखुवास सभा, ३ भदौ । सुरसाला संगीत विद्यालय खाँदाबारीले जिल्लाको सदरमुकाम खाँदबारीमा अनल्पग साँगीतिक साँझको आयोजना गरेको छ । देशका ख्याती प्राप्त कलाकारहरुको उपस्थितिमा बिहिबार कार्यक्रमको आयोजना गरिएको हो ।

khad bari

स्थानीय खाँदबारी एफ एम, गुँरास एफ एम र सुनाखरी एफएम मिडिया पार्टनर रहेको साँगीतीक साँझमा गायक, भिषण मुकारुङ, सचिन राई अमृता लिम्बु लगायतका कलाकारको साथमा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

कार्यक्रममा गीत गाउनकै लागि भनेर पुगेका रन्जित रसायली भने एक्कासी स्वस्थ्यमा आएको खराबीले कार्यक्रममा गाउन सकेनन् । स्थानीय संचार माध्याम तथा स्थानीय नगरिकहरुको सक्रिय सहभागितामा आयोजना गरिएको कार्यक्रममा काठमाडौंबाट आएका कलाकाहरुले दर्शकहरुलाई नचाएका थिए ।

स्थानीय कलाकारहरुको गीत तथा नृत्यले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो । सुरसाला संगीत विद्यालयका कुमार अनुरागीको पहलमा संचालित अनल्पग सांगीतिक साँझको कार्यक्रम स्थानीय खाँदबारी एफएमका ध्यान कुलुङ र सुनाखरी एफएमका नविन दाहालले संचालन गरेका थिए । भने कार्यक्रमलाई टुबोर्ग बियरले प्रायोजन गरेको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment