पूर्वजाने सार्वजनिक सवारीको नयाँ भाडा

एविसि खबर
काठमाडौ, ३ भदौ । सरकारले काठमाडौंबाट पुर्वतर्फ जाने सार्वजनिक सवारी साधनमा नया भाँडादर तोकेको छ । सरकारले बिपी राजमार्गमा चल्ने यात्रुवाहक साना सार्वजनिक सवारीका लागि यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै बिपी राजमार्गको काठमाडौं – धुलिखेल– खुर्कोट – सिन्धुलीमाडी– बर्दिबास हुँदै पूर्वतर्फ जाने सवारीको समायोजन गरिएको नयाँ भाडादर लागू गरेको हो ।

अब सरकारले तोकिएकै अनुसार यात्रसँग भाडा अशुल्न विभागले अनुरोध गरेको छ । ताकिएकोभन्दा बढी भाडा लिने सवारीलाई कारवाही गर्ने विभागले चेतावनी दिएको छ ।

यो रुटमा बढी भाडा असुलेको पाइए विभागको टेलिफोन नम्बर ०१–४४७९९९४ वटा ट्राफिक प्रहरीको १०३ मा उजुरी गर्न आग्रह गरेको छ ।डिलक्स सुविधा भएका सवारीले भने थप २० प्रतिशतसम्म बढी भाडा असुल्न सक्ने सूचनामा उल्लेख छ । सूचनामा बाटो इजाजत नभएपनि पटक–पटक पटके इजाजत लिएर सवारी चलाउन नपाइने जनाइएको छ । १० सिट क्षमताका जीप तथा सुमोका लागि मात्रै निगमित सवारी सञ्चालन गर्न पाइनेछ । यस्ता गाडीले २ सय ५० किलोमिटरसम्म मात्र यात्रा तय गर्न सक्नेछन् ।

विभागले शैक्षिक भम्रण, सांस्कृतिक कार्यक्रम, शोध एवं विकास कार्यक्रम, विवाह–ब्रतबन्ध, विरामी, शव ओसारपसार, भुक्षय, आगलागी लगायतका प्राकृतिक विपत्ति परेको अवस्थमा उद्धारको प्रयोजनका लागि भने अन्य सवारीले पनि पटके इजाजत लिन पाउने जनाएको छ ।

नयाँ कायम गरिएको भाडादर

bhada-bp-highawy

Facebook Comments

सम्बन्धित

One Thought to “पूर्वजाने सार्वजनिक सवारीको नयाँ भाडा”

  1. abin

    काठमाडौं बाट दमक लाई ८९३: भनिएको छ तर काॐनटर मै गएर टिकेट लिए पनि १२०० देखि १५०० सम्म लिन्छ।नत्र टिकेट नै दिदैन किन हो?

Leave a Comment