पुर्वाञ्चल स्तरीय भोजपुर आइडलमा तेजकुमार

समाचार

संगीता राई
खोटाङ, १ भदौ । खोटाङ जिल्ला सप्तेश्वर गाविस वडा नम्बर ७ घरभई हाल दिक्तेल नगरपालिका ५ बस्दै आएका तेजकुमार राई पुर्वाञ्चल व्यापी भोजपुर आइडलको सेमि फाइनलको भोटिङ राउण्डमा प्रतिस्पर्धा गरिरहेका छन् । सानै उमेरदेखि गायनमा रुचि राख्ने राईले गीत गाउने प्रतिभाकै कारण दिक्तेल माउण्ट एभरेष्ट सेकण्डरी बोर्डिङ स्कुलमा छात्रवृत्ति समेत प्राप्त गरेका छन् । उनी हाल त्यस विद्यालयमा निशुल्क अध्ययन गर्दै आएका छन् ।

जिल्लामा हुने गरेका विभिन्न गायन प्रतियोगिताहरुमा सहभागी हुँदै विभिन्न स्थान हासिल गर्दै आएका छन् । उनले खोटाङ तारा, शिक्षा मन्त्रालय अन्तर्गत संचालित प्रतिभाको खोजि कार्यक्रम जस्ता अडिशनहरुमा पुर्वाञ्चल स्तरिय प्रतियोगिता सम्म सहभागि भइसकेका छन् ।

यसपटका उनले आफ्नो प्रतिभाको निख्खारताको लागि पुर्णरुपमा आफु सक्षम भएको भन्दै सम्पुर्ण कला तथा संगीतप्रेमी महानुभावहरुमा एसएमएस भोटिङको अपेक्षा गरेका छ ।

उनलाई भोट गर्न चाहानेले मोवाइलको एसएमएस बक्समा गएर अंग्रजी अक्षरको द्यक्ष् टाइप गरि १ स्पेश छाडेर ०९ टाइप गरेर ३३२६४ मा पठाउनु पर्ने छ । भोटिङ देश विदेश जहीँबाट नी गर्न सकिन्छ ।

Facebook Comments

Leave a Reply