संगीत विनको जीवन निर्जिव : पुजा

भिम राई

काठमाडौं, १ भदौ । स्कुले जीवनदेखी संगीतलाई अभिष्ट बनाउदै आएकी गायीका पुजा सुनुवार निकै लामो समयदेखि संगीतको भरमा जीवनलाई चलाउने काठमाडौंका कलाकारहरु मध्येका एक हुन् । उनी लगातार १२ वर्षको लगातार संगीतको दुनीयमा पौडि खेलरहेकी छन् ।

उदयपुरको कटारीबजार नगरपालिका ३ मा रहेको त्रिवेणीमा जन्मेकी कलाकार पुजा बाल्यकालमै आफ्ना पीता गुमाएपछि उनीमा उब्जिएको एक प्रकारको वैराग्यताले उनलाई गायीका बनाएको हो । उनले आफ्नो पिताको स्मरण गर्दै सुनाउँछिन्, ‘७ वर्षको कलिलो उमेरमा मैले मेरो बुवालाई गुमाउन पुगेँ, त्यो बेला मेरो बुवाको अलिअलि अुनहार मात्र याद गर्न सक्छु ।’ उनले आफ्ना बुवाले निधन हुनु अगाडि गीतहरुक गुनागुनाउँदै काँधमा बोकेको याद संगालेकी छन् ।

बुवा बीर बहादुर सुनुवार आमा टिकामाया सुनुवारको कोखमा जेठो सन्तानका रुपमा जन्म लिएकी उनी सानै उमेरमा घाँसदाउरा गएको मौकामा गाउँघर नै उराल्दै गीत गाउँदै हिँड्ने गरेकी थिइन् । आफु जनजातीकै परिवारमा जन्मेकी भएपनि वरिपरिको समाजमा अन्य जातीहरुको समेत बाहुल्यता रहेको हुँदा उनले फरक रहन सहन समेत बुझ्ने अवसर पाएकी थिइन् । गाउँ घरमा हुने पुजा आजा पछि बसिने व्रत तथा जाग्राममा रातभरी गीत गाउने चलन रहेकाले यो अवसरको समेत भरपुर सदुपयोग गरेको उनको भनाइ छ ।

‘दिन भरी कथा सुन्यो, पुजाको प्रसादी खायो , रातमा जाग्राममा गीत गायो, यो नै प्रारम्भिक संगीतको शिक्षा रहेको थियो ।’ उनले भनिन, ‘त्यही बेला म एउटी सफल गायीका बन्छु भन्ने अठोटमा पुँगे ।’ यसो त उनले गाउँमा हुने कार्यक्रमहरुमा कुन्ति मोक्तानले गाएको ‘सुनकै भाउ छ सुन्तला भारीको’ बोलको गीत गाउँदा निकै नै तारिफ भेट्ने गरेकी थिइन् । कलिलै उमेरमा विभिन्न सामाजिक सस्थाहरुको कार्यक्रमहरुमा समेत सहभागिता जनाउने अवसर पाएकी उनको गायकी देखेर धेरैले उनलाई संभावना बोकेकी बाल कलाकार भनेर प्रोत्साहन समेत गर्ने गरेका थिए ।

उनी पढने जनाता गुराँसे माविमाका शिक्षक सुर्य सिहँले विद्यालयको टिफिन टाइममा प्राय गीत गाउने गरेका स्मरण गर्दै उनले उनै शिक्षकबाट समेत गीत गाउने प्रेरणा पाएको बताउँछिन् ।

०५९ साल बाट संगीतको औपचारिक शिक्षा लिन थालेकी उनले साधना कला केन्द्रका प्रकाश गुरुङ मार्फत संगीत सिकेकी हुन् । उनले संगित क्षेत्रमा लामो दौड सुरु गरेको भन्दै आफ्नो संगीतको कर्मको दौडमा कलेक्सन एल्वमहरुमा गीत गाउँदै आएको भएपनि आफ्नै सोलो एल्वम ‘नजर’ भने भर्खर मात्र सार्वजनिक गर्न सकेको बताएकी छन् । दुनियाँमा पैसाले सबैलाइ दास बनाएको बुझेकी उनले आफ्नो संगीतको क्यारिएर अर्काको एल्बमहरुमा मात्र गाएर नबन्ने महशुस गरेरै ‘नजर’ गीती एल्वम निकालेको सुनाइ । hhhh

उनले संगीतको बजारमा आफ्नो यात्रालाई अगाडि बढाउँदा पाएको दुःख तथा हण्डरहरुले निकै अनुभवि बनाएको भन्दै यसविचमा आफुलाई माया गर्ने शिक्षिका अम्बिका सुनुवार लामालाई कहिल्यै नभुल्ने बताइन् । कलिलो मनहरुमा संगीत प्रति निरन्तर हौसला प्रदान गर्ने गरेको बताउँदै उनले आफेनो फुपु रेखा सुनुवारको योगदानलाई कहिल्यै नभुल्ने बताइन् । सुरमा काठमाडौंको बसाइ कलिलो उमेर र सोचाइहरुमा निरन्तर अभिभावकत्व प्रदान गर्दै आएकी रेखा फुपुकै कारणपनि आफुले सफलताको खुटकीलोमा उक्लने साहष जुमाएको उनको भनाइ छ ।

काठमाडौंमा संगी सिकाइ सँगै त्यसबेला आयोजना भएको ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ को प्रतिस्पर्धामा उत्रेकी उनले फाइनल राउण्ड सम्म अनुभव गरेकी थिइन् । यो अनुभवले उनलाई अझ आत्मप्रेरित बनाएको बताउँदै यसपछि सारेगमको महत्वु बुझ्दै आएको सुनाइन् ।

टेकेन्द्र राईको शब्दमा रहेको ‘खबर कस्तो छ’ बोलको गीतको टाइटल स्वर पहिलो पटक रेकर्ड गरेकी उनले पछि पुर्वेली तथा पश्मिेली थुप्रै लोक गीतहरुमा स्वर दिने अवसर प्राप्त गरेकी छन् । समय सँगै अगाडी बढ्दै जाँदा उनले विभिन्न गजल रेष्टुरेण्टहरुमा गजल गाउने जागीर समेत गरेकी छन् । अहिले पनि निरन्तर साधनामा तल्लिन उनी संगीतलाई जीवन ठान्छिन् । ‘संगीत विनाको जीवन निर्जिव हुन्छ , मान्छेको रुवाइ संगीत हो हँसाइ संगीत हो । वास्तवमा भन्ने हो भने जीवन नै संगीत हो ।’ उनको ठहर छ ।

अहिले पछिल्ला समयमा यो क्षेत्रमा विभिन्न प्रकारको प्रविधिहरुको उपलब्धताले कलाकारहरुलाई अल्छे बनाउँदै लगेको बताउँदै उनले भनिनन् ‘अहिले रियाज पुग्न छाडेको छ । तर निरन्तर गर्न सकिएन भने आफ्नो अस्तित्व समाप्ती हुने डर छ । त्यसैले कर्म क्षेत्रमा हरतरहले कोशिस गरि रहेको छु ।’

 

Facebook Comments

सम्बन्धित

Leave a Comment