कविता : हिउँफूलको देशबाट

– डाइमण्ड राई

हिउ फूल्ने रुखहरुमा
गुलाब खोज्दै हिड्दा
सग्लो बैश रित्ती सकेपछी
आज जीबनको अर्थ
अलिकती बुझ्दैछु ।
हो आमा !! तिम्रो ममता नबुझेकै रहेछु
तिमीले भने जस्तो आफ्नै आगनका
मखमली र सयपत्रीको सुगन्धमा
रमाउनु पथ्र्यो मैले
औँशीको रातमा पुर्णेको जून खोजेर कहाँ हुन्छ र ??
खुर्पे जूनको उज्यालोमा नै
पाइला चाल्नु सिक्नु पथ्र्यो मैले ।
हो तिमीले भनेको ठिकै रहेछ
अत्तरको बास्ना त क्षणिक मात्र हो
मेरै माटोको सुगन्ध पहिचान गर्नु पथ्र्याे मैले ।
घाट जाने सपनाहरु संगाल्नु भन्दा
विश्वाशको पहाडहरु उक्लनु पथ्र्यो मैले ।
म त कता कता चट्टानहरुको शहरमा
प्रितिको परीभाषा खोज्दै भौतारिए
काइतेहरुको कङगाल बस्तीमा
आफ्नो पद्चापहरु खोज्दै हिंडे
लुच्चो र छुच्चोहरुको भिड्मा
आफ्नो भाग्य खोज्दै थुप्रै पसिना बगाए
बेसरमहरुको राजमा
ममताको मुल्य चुकाउन
थुप्रै आशुहरु पनि बगे
आज मनको बगैचामा खडेरी परे पछी
फूलको अर्थ बुझेर के हुन्छ ???
सपनाको रङ उडी सकेपछी
समयको मर्म बुझेर कुनै अर्थ छैन
आस्थाकै सगरमाथा ढली सकेपछी
ममताको अर्थ बुझ्दैछु म
भाग्य रेखाहरु मेटी सकेपछी
कर्मको अर्थ निकै नै बुझ्दैछु म ।

खोटाङ
हाल :  ग्राज, अस्ट्रिया

Facebook Comments

सम्बन्धित

Leave a Comment