पुर्वाञ्चल सिङगिङ स्टारका लागि १३ जना छनौट

संगीता राई
खोटाङ, ३२ साउन । खोटाङबाट १३ जना कलकारहरु गायन प्रतिभाको पुर्वाञ्चल सिङगिङ स्टारका लागि छनौट भएका छन् । पुर्वाञ्चल सिङगिङ स्टारको चौथो संस्करणका लागि मंगलबार सदरमुकाम दिक्तेलमा सम्पन्न अडिसनबाट १३ जना प्रतिभा दोश्रो अडिसनका लागि छनौट भएका हुन् ।

पुर्वाञ्चल बागिना कलाकेन्द्र धरानको आयोजना र रुपाकोट सामुदायीक रेडियोको सहआयोजनामा पुर्वाञ्चल सिङगिङ स्टारका लागि प्रतिष्पर्धी छानिएको हो । प्रथम अडिसनबाट सुवास मगर, जीवनकुमार राई, यादव श्रेष्ठ, तेज राई, प्रदीप मगर, दिलीप राई, पवन राई, युसन राई, केदार अनुरागी, राकेश राई, युवराज राई, आरपी गजमेर र जेसन गुरुङ दोश्रो अडिसनकालागि छानिएको सह–आयोजक रुपाकोट रेडियोको स्टेसन मेनेजर सुर्य तामाङले बताए ।

दिक्तेल अडिसनबाट छानिएका प्रतियोगीले आगामी भदौ–२५ गते धरानमा हुने अडिसनमा सहभागीता जनाउने छन् । खोटाङबाट छानिएका गायक÷गायीकाहरुले पुर्वाञ्चलका १६ जिल्लाका प्रतियोगकीसँग प्रतिष्पर्धा गर्नुपर्ने छ । अडिसनमा गायक तथा संगीतकार पृथी जिम्बा र राजन पुर्वेलीले निर्णायकको भूमीका निभाएका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment