अलग अभियान साउन श्रंखला सम्पन्न

समाचार

एविसि खबर

ललितपुर, ३० साउन । निरन्तर कला र साहित्यलाई फरक तरिकाले प्रोत्साहन गरिरहेको अलग अभियानको साउन शृङ्खला शनिबार सकिएको छ । ललितपुर स्थित अलग आर्टहबमा भएको कार्यक्रममा गायक भिषण मुकारुङ र कवि सङ्गीत स्रोताको विशेष उपस्थिति रहेको थियो । साथमा अन्य कवि कलाकारहरुको साहित्यिक साङ्गीतिक प्रस्तुति दिएका छन् ।

alag-abhiyan-shrawan-1 स्वप्निल स्मृति, राजु स्याङ्तान, जिचेन स्याङ्तान, अनिल नेम्बाङ, प्रज्ज्वल अधिकारी, इनुमा राई, नविन प्यासी, उदिम किराती, नविन सङ्घर्ष र युगसन किरातले कविता वाचन गरे भने मण्डल साम्पाङ, आभा मुकारुङ, राजकुमार समाल, रेवत राई, नाकिमा, यमकुमार समाल, बबिना किराती, पूजा श्रेष्ठ र कर्ण लामाले साङ्गीतिक प्रस्तुति दिए । गायक भिषण मुकारुङले ‘अँधेरीमा जून फुल्दा’, ‘धेरै वर्षपछि’, ‘ए चन्द्रमुखी’, ‘गाउँघर शून्य भो रे’, ‘मेरो भन्दा तिम्रो भारी’ बोलको गीत प्रस्तुत गरे । उनले नारायण गोपालको स्मरण गर्दै कलाकारहरुले गीतको सङ्ख्या होइन गुणस्तरमा जोड दिनुपर्ने बताए ।

कवि सङ्गीत स्रोताले ‘सुई’, ‘महिलाहरु कहाँ छन्’, ‘झोला’, ‘हेडसर वसन्ती’, ‘दयाहाङलाई दुवैतिर खतरा’ शिर्षकको कविता वाचन गरे । उनले इतिहास अध्ययनको लागि २५ प्रतिशत स्रोत लोक गीत भएको बताउँदै गायक अन्जान बाबुसँग आफ्नै शब्द र लय सङ्कलन रहेको गीत ‘मै उडी जाने का’ पनि प्रस्तुत गरे । कार्यक्रममा सङ्गीतकार पारस मुकारुङ, लेखक युग पाठक, गायक गंगाराज राई लगातको उपस्थिति रहेको थियो । अलग अभियानकर्मी नाकिमले जानकारी दिएका छन् ।

alag-abhiyan-shrawan-2

Facebook Comments

Leave a Reply