सुम्निमा कल्चर सुरु ग¥यो सांस्कृतिक श्रृंखला

एविसि खबर
काठमाडौं, ३० साउन । सुम्निमा कल्चर एकेडमी ‘सुम्निमा सांगीतिक तथा साँस्कृतिक श्रृंखलाको सुरुवात गरेको छ । ललितपुरस्थित एकेडमीको हल चापागाउँ दोबाटोमा आयोजित कार्यक्रममा एकेडमीले विभिन्न प्रशिक्षार्थीहरुलाई पुरानो स्रष्टाहरुको सृजनालाई प्रस्तुत गराएको थियो ।

‘पुराना गीत–संगीतको प्रस्तुतिको माध्यमबाट अंग्रेज स्रष्टाको सम्मान’ भन्ने उद्देश्यका साथ सुरु भएको पहिलो श्रृंखलामा खोटाङ जिल्ला घर भई हाल बेलायतमा बस्दै आएकी समाजसेवी जानुका राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँको भिमु–सुम्निमा विकास अक्षय कोषको स्थापना गरिदिने घोषणा गरेकी छन् । उनले सुम्निमा कल्चरका उत्कृष्ट प्रशिक्षार्थीहरु गीत पनि रेकर्ड गराइदिने भएकी छन् । यस्तै उनले कल्चरलाई गितार उपहारसमेत प्रदान गरिन् ।

एकेडमीका अध्यक्ष डिबि सरोज राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एकेडमीका कलाकारहरुले अगमसिं गिरीको शब्द, अम्बर गुरुङको संगीत र स्वरमा रहेको पुरानो गीत ‘नौ लाख तारा उदाए’ बोलको सामूहिक गीत गाएर सांगीतिक श्रृंखलाको सुरु भएको थियो ।

कलाकारहरु पुराना कलाकारहरुको कालजयी गीतहरु, सोचेजस्तो हुन्न जीवन, बिर्सेर फेरि मलाई नहेर, केही मीठो बात गर, यस्तो पनि हुँदोरहेछ, खोलाको दुई किनार भयो जस्ता गीतहरु प्रस्तुत गरेका थिए । सम्पूर्ण गीतहरुको प्रत्यक्ष बाद्यवादनको संयोजन पुराना संगीतकार कैलाश राईले गरेका थिए ।

कार्यक्रममा प्रस्तुत सबै गीतहरु सुनेर वरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राईले प्रतिक्रिया दिएका थिए । कार्यक्रमको सञ्चालन एकेडमीका सचिव जनक राईले गरेका थिए । कार्यक्रमको अन्त्यमा पूर्वसञ्चारमन्त्री शेरधन राईको उपस्थितिमा एकेडमी बाट विभिन्न समयमा भएको परिक्षामा सहभागी प्रशिक्षार्थीहरुलाई तहगत प्रमाणपत्र समेत कार्यक्रममा वितरण गरिएको थियो । संस्थाले भारतको इलाहावादबाट प्राप्त प्रमाण पत्र उपलब्ध गराएको हो ।

14034897_1169041679805836_6956575326597166752_n IMG_0787 IMG_0822

तस्विरहरु : कपिल राई

Facebook Comments

सम्बन्धित

Leave a Comment