‘कुटुम्बेरी साइनो’ खोज्दै लमजुङ तिर सुवास

एविसि खबर
काठमाडौं, २९ साउन । गुरुङ भाषाका चलचित्र निर्देशनसँगै कर्मक्षेत्रमा प्रवेश गरेका आदिवासी निर्माता, तथा अभिनेता सुवास गुरुङ यतिखेर लमजुङको गाउँवस्तिमा ‘कुटुम्बेरी साइनो’ खोज्दै भौँतारी रहेका छन् । उनकै निर्देशनमा निर्माण हुनलागेको गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘कुटुम्बेरी साइनो’ को लमजुङमा धमाधम छायाँकंन भइरहेको छ ।

सुरुमा नाटक ‘रणदुल्लभ’बाट अभिनय यात्रा तय गरेका सुवासले विशेष गरेर अहिले गुरुङभाषाको चलचित्र निर्माण गर्दै आएका छन् । उनले आदीवासी संस्कृतिको संरक्षण भनेको विश्वका लागि वितरण गर्न सकिने नौलो परिकारका रूपमा लिनुपर्ने बताएका । उनले भने, ‘हाम्रो गुरुङ, मगर, लिम्बू, राईहरूले हालसम्म विकास गरेको संस्कृति विश्वको कुनाकुनामा पाइन्छ ? पाइन्छ भने हाम्रो थातथलोमा पाइन्छ नत्र त्यो विश्वबाट लोप भइसक्यो ।’ यसो भन्दै गर्दा उनले आफ्नो ५ वटा गुरुङभाषाको चलचित्र रहेको समेत जानकारी दिए । हालसम्म १० वटा फिल्म निर्माण गरिसकेका उनले भने ‘अरू ५ वटा फिल्म मिश्रित भाषामा रहेको छ ।’

13951055_316444748691027_760418938_o

पहिलोपटक गुरुङ भाषामा रहेको चलचित्र ‘म्हेथेवा’ निर्माण गरेर चलचित्र क्षेत्रमा हामफालेका उनले गत महिना मात्र भेडी गोठाले गुरुङ सास्कृतिक चलचित्र सकेका थिये यसपछि क्रमशः फिल्म क्षेत्रमा लगानी गरिरहेका छन् । व्यवसायीक हिसाबले साँस्कृतिक चलचित्रहरु घाटामा नजाने बताउँदै उनले निर्माण गर्न गइरहेको चलचित्र ‘कुटुम्बेरी साईनो’ अझ मिठो कथामा रहेको बताएका छन् ।

चलचित्रमा नायीका तथा मोडल अश्मि गुरुङ, सुजता गुरुङ, बाल कलाकार मेघा गुरुङ, नायक खेम गुरुङ, बिस्वास गुरुङ, खिम गुरुङ, गजेन्द्र गुरुङ, धन कुमारी गुरुङ, संगीता गुरुङ लगायत स्थानिय कलाकारको शसक्त अभिनय रहने उनले जनाएका छन् । यस्तै चलचित्रको छाँयांकन शुसन प्रजापतीले गरिरहेका छन् ।

हाल लमजुङको पुर्बी भागमा रहेको सुन्दर गाउँ प्यार्जुङ्ममा यस्को छाँयाकंन भइरहेको छ । ग्यान गुरुङ मेङ गुरुङ यल बि गुरुङ चन्द्र गुरुङ युके चौ गुरुङ हङ्कङ समिक्षा गुरुङ जापान निर्माता रहेका छन .

13978016_316444922024343_1268010137_o 13987807_316444945357674_2019501614_o
तस्विर ः सुवास

Facebook Comments

सम्बन्धित

Leave a Comment