सरकार मोर्चावीचको वार्ता निष्कर्षविहीन

असोज १७, काठमाडौ
तराई मधेशमा जारी आन्दोलनको राजनीतिक समाधान खोज्न बसेको अनौपचारिक वार्ता कुनै ठोस निष्कर्षविना टुङ्गिएको छ ।
तर पक्षले वार्ता सकरात्मक भएको दावी गरेका छन् ।

मार्चा र सरकारी पक्षवीच सिंहदरवारमा बसेको वार्ता
मार्चा र सरकारी पक्षवीच सिंहदरवारमा बसेको वार्ता

आईतवार विहान सिहंदरवारमा भएको सरकारी वार्ताकारहरु र आन्दोलतरत बिजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा सम्वद्ध वार्ताकारहरुबीच करिव डेढ घण्टा लामो छलफल भएको थियो । तर लामो वार्ताले पनि निकासको ठोस विन्दु पहिल्याउन भने सकेन ।
वार्तावारे जानकारी दिँदै वार्तामा सहभागी उद्योगमन्त्री महेश आर्चायले संविधान संशोधनमा समावेश गर्ने विषयहरुवारे दुवै पक्षले अत्यन्त लचकतापूर्वक छलफल गरेको वताए ।
उता, मोर्चाका सदस्य जितेन्द्र देवले वार्तामा सरकार सकरात्मकरुपमा प्रस्तुत भएको र ठोस वार्ताकालागि आफुहरुले पहिल्यै राखेका मागहरु सरकारले पूरा गर्नुपर्ने धारणा राखेको बताए ।
दुवै पक्षले अनौपचारिक वार्ताले औपचारिक वार्ताकोलागि मार्ग प्रशस्त गर्ने दावी गरेका छन् ।

Facebook Comments

Related posts

Leave a Comment