कमाउनका लागी गीत गायकी छैन : मालती

भिम राई
काठमाडौं, २७ साउन । ‘बाटो तिमिले मोडेपछि बाचा तिमिले तोडेपछि, पागल पागल जस्तै भए म साथ तिम्ले तोडेपछि’ बोलको यो गीत मालति चाम्लिङको आवाजमा रेकर्ड भएको गीत हो । जीवनको उकाली ओरालीमा कति हण्डर र ठक्करहरु खाँदै निरन्तर ७ वर्षदेखि संगीतको सारेगम खेलाउँदै आएकी मालतीले निकै लामो समयको अभ्यास पछि गीती एल्वम ‘मेरो भाव’ लिएर आएकी छन् ।

संगीतमा संख्यात्मक वृद्धि भन्दा पनि गुणात्मक वृद्धि हुनु पर्नेमा जोड दिने कलाकार मालती पेशाले भने गायीका होइनन् । उनी व्यावसायीक ब्युटिशियन हुन् । उनले गर्ने काम र उनको जीवन जीउनलाई सहज बनाउने काम यही पेशा व्यवसायले गरेको उनको भनाइ रहेकोछ । पुख्र्यौली घर खोटाङ जिल्लाको बुइपा भएकी उनी बाजे र बजुको साथ मोरङको पथरी १ मा हुर्केकी हुन् । बाल्यकाल तराईमै बिताएकी उनी सानै उमेरदेखि गीत संगीतमा रुचि राखेर गुनगुनाउने गरेकी बताउँछिन् । खास गरेर कुन्ती मोक्तानको ‘कोही भन्छन् जीन्दगी यो कर्कलाको पानी जस्तै हो’ गीत जस्ताको तस्तै गाउन सक्थीन् । उनको गायकी सुनेर शिक्षकहरुले उनलाई प्राय विद्यालयमा गीत गाउन लगाउने गरेको सुनाउँछिन् । उनले भनिन्, ‘सानो थिए तर गीत हु–बाहु गाउँथे । त्यही भएर स्कुलमा धेरै पटक गीत गाएको छु ।’ पछि पछि गाउँमा हुने सानो तीनो कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनले देउसी भैलोमा विशेष अवसरहरु पाउने गरेकी थिइन् ।

स्थानीय संघसँस्थाको कार्यक्रमहरुमा गीत गाउँदा प्रशंसा पाउँदै गएको त्यसले थप हौसला मिलेको बताउने उनले आफ्नो जीवनको उतार चढाव सुरु हुन नपाउँदै केही व्यवहारिक पाटो समेत सम्हाल्न परेकाले त्यो बेला इच्छा अधुरो नै रहेको सुनाइन् ।

पछिल्लो समयमा जीवन धान्न कै लागि वैदेशिक रोजगारमा समेत गएर फर्किएकी छन् । उनी वैदेशिक रोजगारमा गएर स्वदेश फर्केपछि निरन्तर संगीतको साधना गरिरहेकी उनले गीत संगीतमा आफ्नो भविष्य कसरी बनाउने होला भन्ने चिन्ताभने लिएकी छैनन् । उनी भन्छिन्, ‘गीत संगीत मरो अभिन्न साथी हो । यसबाट मलाई कमाएर खाउँदा छैन ।’ जीवन उनले निकै शास्तीहरु पनी खेपेकी छन् । आफ्नो भागमा परेको दुःखलाई उनले शिक्षाको रुपमा लिएको बताउँदै दुःख विर्सनलाई गीत गाउन थालेको बताइन् । मोरङबाट गीत संगीत सिक्नकै लागि भनेर उनी काठमाडौं, छिरेकी हुन् । सुरुमा फ्युचर कल्चर एकेडमीमा गुरु निरास मगरसँग संगीतको कखरा सिकेकी उनी हाल गुरुदेव कामद सँग शास्त्रीय संगीतको साधनामा रहेकी छन् ।

malaसंगीतको अलवा समाजसेवा आफ्नो अर्को रुचिको क्षेत्र रहेको बताउने उनले विभिन्न समयमा समाज सेवाको काममा समेत लाग्ने गरेको सुनाइन् । हालै केही साथीहरु सँग मिलेर परोपकार वृद्धाश्रम निर्माण तथा संचालनको योजना बनेको उनले सुनाएकी छन् । यो वृद्धाश्रम हाल दर्ता भईसकेको छ ।

पछिल्लो समयमा गीत संगीत र समाज सेवामा समय बिताइरहेकी उनले आफ्नो संगीत साधनालाई अरुलेपनि थाहा पाउन् भनेर‘मेरो भाव ’ गीती एल्वम निकालेको सुनाउँदै कलेक्सनमा मात्र गाएर खास मजा नआएको सुनाइन् । आफ्नो कृतिपनि चाहिने रहेछ भन्ने लागेर अलिकती खर्च गरेरै भएपनि किन नगर्ने त भन्ने लागेको यो क्षेत्रमा लगानी गरेको उनले बताइन् ।

गीत संगीतको बजार खासमा मन्द मन्द नै रहेको बेला एल्वममा अडियो गीतहरु मात्र भएकाले लगानी फिर्ला भन्ने आशा उनलाई लागेको छैन । उनले एल्वममा भएका केही गीतहरुको म्युजिक भिडियो निर्माण गर्ने लक्ष्य सुनाएकी छन् । ‘कमाइ धमाई गर्नका लागि मैले गीत गाएको हुँदै होइन, आफ्नो परिचय बनोस भनेर हो । लगानी डुब्नु र फाइदा हुनुले मलाई खाश केही प्रभाव पार्ने छैन ।’ उनले भनिन्, ‘संगीत मेरो आत्म बनि सक्यो अब म निरन्तर संगीतको साधनामा रमाउन चाहान्छु ।’

६ वटा गीतहरु समेटिएको उनको गीती एल्वममा टिका चाम्लिङ, दिनेश सुवेदी, प्रकाश सोताङ, निरास मगर, दिपेश गुरुङ र उनी आफैले लेखेको शब्द रहेको छ । भने संगीतकार डक्टर किरात, मनोज साङसोङ, राकेश राई, र निरास मगरको संगीत समेटिएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment