अर्को एल्बमको तयारीमा सरस्वती

एविसि खबर
काठमाडौं, २७ साउन । उत्तर–पूर्व एल्बम मार्फत संगीतको क्षेत्रमा हाम फालेकी गायीका सरस्वती लामा भुजेलले अर्को एल्वमको अन्तिम तयारीमा रहेको बताएकी छन् । गएको वर्षमात्र उनले उत्तर–पूर्व नामक एल्वम र म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

छिट्टै बजारमा आउन लागेको गायिका सरस्वती लामाको अर्को गिती एल्बममा सबै प्रकारका गीतहरुलाई समेट्ने कोशिस गरेको उनले बताएकीछन् । गीत संगीतको अलवा सामाज सेवामा समर्पित सरस्वतीले आफ्नो क्यारियर समाज सेवा र संगीत क्षेत्रमा नै जम्ने बताएकी छन् । उनले अघिल्लो एल्वममा रहेको म्युजिक भिडियोमा गीतको शब्द लेख्ने, कम्पोज गर्ने देखि गाउने एक्लैले भ्याएकी थिइन् । भने म्युजिक भिडियो निर्देशन तथा मोडलिङ समेत उनी आफैले गरेकोे ‘उडाइ लाने हावाले’ बोलको भिडियो युट्युब मार्फत करिब साँडे २ लाख जनाले हेरिसकेका छन् ।

हुन त आजकाल सबैजसो गायक गायिकाहरु आफ्नो एल्बम र म्यूजिक भिडियो बनाउन र बजारमा पस्कनमा एक कदम अगाडि भएपनि सबै सरस्वती जस्तो भाग्यमानी भने कमै छन् । यीनी तिनै भाग्मानी गायीका हुन् जसको पहिलो गीति संग्रहका गीत नै श्रोता दर्शकहरुले मन पराइदिए ।

उनी विगत लामो समय यता निरन्तर संगीतको साधनामा रहेकी छन् । बिगत सात वर्ष देखि शास्त्रीय संगीतको कक्षा लिइरहेकी उनी सुरुमा निरास मगर सँग अभ्यासमा थिए । भने पछिल्लो समय उनी गुरुदेव कामद संग संगीतको कक्षा लिइ रहेकी छन् । सबैखाले गीत गाउने क्षमता आफुसँग छ जस्तो लाग्ने उनी विशेष भोकल प्याट्रन रक–पपमा रहेको होकी भन्ने उनलाई लाग्ने गरेको छ । उनले त्यही अनुसार आउने एल्वमको तयारी भइरहेको जनाएकी छन् । उनले आगामी ६ वटा गीत समेटिएको एल्वम बजारमा आउने उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment