भदौ अन्तिममा आउने भो ‘यारी’

कला

एविसि खबर
काठमाडौं, २७ साउन । युवा निर्देशक युवराज राईद्वारा निर्देशित नेपाली मौलिक चलचित्र ‘यारी’ प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ । मध्ये पुर्वी भेगका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा चलचित्रको छाँयाकंन गरिएको निर्माण युनिटले जनाएको छ ।

स्थानीय संस्कार संस्कृति र प्राकृतिक रुपमै पनि रमाइलो दृष्यहरु समेटिएका उक्त चलचित्र ऐतिहासिक तथा सास्कृतिक चिनारीको रुपमा समेत रहेको निर्देशक राईले जानकारी दिएका छन् । उनले यो चलचित्र वैचारिकरुपले समेत बलियो रहेको बताए ।

yari

चलचित्रमा प्राचीन सभ्यतालाई आधुनिकताले गाँजेको विषयलाई सविस्तार गरिएको निर्देशक राईले जानकारी दिए । चलचित्रलाई खोटाङ, सोलुखुम्बु, संखुवा सभा र भोजपुरको सिंगमस्थल साल्पापोखरी, सिलीछो, दोभाने, मैयुङ, काठमाडौंलगायतका धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रहरुमा छायाङ्कन गरिएको हो ।

निर्देशक राईकै कथा, निर्देशन र छायाङ्कन रहेको यस चलचित्रमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, दछु राई, ज्योति राई, निर्भिक राई, विष्मीता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, वीरकुमार राईलगायतका दर्जनौ कलकारहरुका जीवन्त अभिनय गरेका छन् ।
यस चलचित्रलाई युवराज राई, दछु राई र प्रवीण राईलगायतले निर्माण गरेका हुन् ।

तस्विर : सुमन बाङदेल

Facebook Comments

One thought on “भदौ अन्तिममा आउने भो ‘यारी’

Leave a Reply