राजु र शिलाको पुर्वेली लोकगीत ‘आउनु है ठुली’ आयो

कला

एविसि खबर

काठमाडौं, २६ साउन । गीत संगीत भन्नु दोहोरो संवादको अभावमा मनमा उब्जिएका अभिव्यक्तिलाई आत्मसन्तुष्टि पोखाउने माध्याम हो । जुन गीतमा आफ्नो भाषा संस्कार संस्कृतिको समेत प्रत्येक्ष वासना आउँछ । त्यसमा सबै भन्दा बढी सामुदायीक प्रेम अभिव्यक्त हुन्छ ।

यस्तै सन्दर्भमा पुर्वेली लोक गीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायक राजु आङदम्बे र मधुर स्वरका धनि गायीका शिला राईको स्वरमा भर्खरै नया गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

पुर्वको पाँचथरमा जन्मेका लोक गायक राजु आङदम्बे विशेष गरेर लिम्बु संस्कृतिमा आधारित गीतहरुको सर्जक हुन् । हाल हङकङ बस्दै आएका उनले आफ्नो सिर्जनालाई स्वदेशमा या विदेश जहाँ गएपनि लोक संस्कृतिकै उत्थानका लागि गरिरहेका छन् ।

उनका लगभग डेढसयको हाराहारीमा गीतहरु आएका छन् । उनले नेपाली भाषामात्र नभई लिम्बु भाषाको गीतहरु समेत रेकर्ड गराएर बजारमा ल्याई सकेका छन् । प्राय उनको गीतमा पालाम, च्याब्रुङ, चासोक जस्ता शब्दहरु नियमित प्रयोग हुँदै आएका नै हुन । तर यसपाली गायीका शिला राईसँगको गीतमा उनी साकेला सम्मा आइपुगेका छन् । उनको गीतमा पुर्वेली लोकलयको नौलो स्वाद लिन पाइने भएको छ ।

उनले यसपालकिो गीतमा चासोककैमा च्याब्रुङ नाच्ने कुरालाई उठाएका छन् । साकेलामा शिलि नाच्ने कुरालाई गाउँले परिवेशबाट उठाएका गीतको शब्द तथा संगीत स्वयम आङदम्बेको रहेको छ । यसलाई युमा आर्टसले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

गीत सुन्न तल जानुहोस

Facebook Comments

Leave a Reply