जानुकाले दिइन् छात्रवृत्ति

फेसबुकबाट भयो भेटघाट

– भिम राई

काठमाडौं, २६ साउन । खोटाङ जिल्लाको बाम्राङ सामातुङमा जन्मेकी जानुका राई बेलायतमा बस्छिन् । साहित्य सिर्जना गर्ने, गीत संगीतमा रुचि राख्ने , समाजसेवी व्यक्तित्व हुन जानुका । उनी सँग फेसबुकमार्फत चिनजान हुन्छ काभे्र जिल्ला पोखरी नारायणस्थान ५ गिम्दिका खड्गबहादुर लामा सँग ।

फेसबुकमा फ्रेण्ड रिक्वेस्ट गर्छन खडगले । एसेप्ट गर्छिन जानुका । समाजसेवि जानुकाले आफ्ना बुवा आमाको नाममा बनाएको भिमु संरक्षण संस्थाले नेपालको कुनै एक विद्यालयको गरिब तथा जेहेन्दार उत्कृष्ट छात्र तथा छात्रा दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको सुनाउँछिन् । साथै भूकम्पबाट प्रभावित विद्यालयलाई राहात दिने योजना रहेको कुरापनि उनले खडग सँग राख्छिन् ।

काभ्रेको तिमाल क्षेत्रको नारायणस्थान ५ को नारायण निमाविका प्रधानाध्यापक समेत रहेका खड्गबहादुर लामाले आफ्नो विद्यालय र वरिपरिका वातावरण भूकम्पले पु¥याएको असरको बारेमा जानकारी गराउँछन् । खोटाङको विकटतासँग राम्रै परिचित जानुकाले आफ्नो गाउँघरलाई स्मरण गर्छिन् र राजधानीबाट त्यति धेरै टाढाको दुरीमा रहेको आफ्नो गाउँको अवस्था जस्तै रहेको तर राजधानीको नजिक भएको गाउँको अवस्था सुनेपछि उनले यो गाउँको शिक्षामा केही लगानी गर्नु पर्छ भन्ने उनको मनमा लाग्छ । उनले यसपछि थप आफ्नो संस्थामा प्रस्ताव गर्छिन । सस्थले उनको प्रस्ताव स्विकार गर्छ ।

13950677_1216646955036871_678130527_o

त्यो बेला सम्म बेलायतमा नै रहेकी उनले तीन सामाजिक सञ्जाल फेसबुक मार्फत नारायण निमाविका प्रअ खड्ग लामासँग कार्यक्रमको तयारी गर्न तथा आफुलाई विद्यालयको उत्कृष्ट, गरिब तथा जेहेन्दा विद्यार्थीको नाम दिन आग्रह गर्छिन । सार्थ वरिपरिका अन्य बालबालिका अध्ययन गर्ने तीन वटा विद्यालयसँग पनि कुरा गर्न सुझाउँछिन् र भिमु संरक्षण संस्थाले नारायाण निमाविको छात्र छात्रालाई छात्रवृत्ति प्रदान गर्ने तथा भूकम्प प्रभावित विद्यालयलाई राहत दिने निर्णय गरेको समेत जानकारी गराउँछिन् ।

नाराणण निमाविका प्रअ खडग लामालाई पत्यार लाग्दैन । ‘फेसबुकमा भेटेर भएको कुरा यती चाँडै कसरी विस्वास गर्ने’ उनलाई लाग्छ । तर नियमित सम्पर्कमा रहेका लामालाई यही कामका लागि त्रिभुवन विमानस्थलमा जानुका ओर्लेर सम्पर्क गरेपछि भने हर्ष र खुशीको अनुभुति हुन्छ । यसपछि तय हुन्छ कार्यक्रकमको मिति र समय ।

13950763_1216645435037023_1918839968_o

त्यही तोकिएको दिन २५ गते साउन भिमु संरक्षण संस्था नेपालका अध्यक्ष समेत रहेका जानुका राईले नरायाणस्थान ५ गिम्दी पुगेर सँस्थाले प्रदान गर्ने राहत तथा छात्रवृत्ति प्रदान गरेकी छन् । उनले नारायणस्थान निमाविका छात्रा रेजिना तामाङ र छात्र सुदिप विकलाई १०/१० हजार रुपैयाको छात्रवृत्ति रकम हस्तान्तरण गरेकी हुन् ।

यस्तै भूकम्प प्रभावित विद्यालयहरुलाई २५/२५ हजार रुपैयाका दरले ४ वटा राहत प्रदान गरेकी छन् । २५ हजार रुपैया प्राप्त गर्ने विद्यालयहरुमा नारायणस्थान निमावि गिम्दी– ५, हिउँचुली प्रावि गिम्दी ६ पोखरी नारायणस्थान, विद्या वालविकास प्रावि तिनपिप्ले, ५ पोखरी नारायणस्थान र महाकाल प्रावि कोकुम, ४ पोखरी नारायणस्थान रहेका छन् । प्रत्येक विद्यालयका प्रअ हरुलाई नगद सहित उनीहरुको विद्यालयको उत्तररोत्तर प्रगतीको कामना सहित धन्यवाद पत्र समेत प्रदान गरिएको छ ।

13940032_1216645848370315_630404524_o

कार्यक्रममा किरात राई यायोक्खाका उपमहा सचिव जनक राई र काभ्रे तिमाल क्षेत्रका जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि एवं श्रोत व्यक्ति प्रेम लामा विशेष अथितीका रुपमा रहेका थिए ।

कार्यक्रममाराष्ट्रिय स्तरका गायक तथा गायीकाहरु आभा मुकारुङ, कला राई, जानुका राई, पुजा सुनुवार, योजना पुरी,  भुवन सुप्तिहाङ, सचिन राई, रोशन लामा लगायतले गीत प्रस्तुत् गरेका थिए । भने सुम्निमा कल्चर एकेडमी काठमाडौं, तथा स्थानीय नारायण स्थान निमाविका कलाकारहले नृत्य प्रस्तुत् गरेका थिए ।

 तस्विर सहयोग : कपिल राई

Facebook Comments

सम्बन्धित

One Thought to “जानुकाले दिइन् छात्रवृत्ति”

  1. Halakau Tirtha

    समस्यामा परेकाहरुको चोट्भित्र मल्हम लगाइदिने सोच सर्‍हानिय छ । यसै गरि निकट भविस्यहरुमा पनि बहिनी जानुकाको समाज सेवा प्रतिको स्वोच्छ भावनाले निरन्तरता पाइरहोस, म बाट लाख आशीर्वाद !!

Leave a Comment