गजल

कविता

—नविन सङ्घर्ष

देशको सीमा छेक्न उठाऊ शिर नेपाली
मर्नु परे लडी मरौं वीर नेपाली ।

पटक – पटक स्वाभिमानमा,अति गर्ने छिमेकीलाई,
गिंड्न अब भाला, खुँडा भिर नेपाली ।

साम्राज्य चलाएर खोसेको त्योे हाम्रो माटो,
फिर्ता ल्याउन सीमा पारी छिर नेपाली ।

हिमाल,पहाड भत्कीएर तराइलाई पुर्दा पनि,
एउटै मन हो दुख्ने घाउ पीर नेपाली ।

चारैतिर फर्के हामी कसले गर्ने इन्क्लाव यहाँ….?
फालिदेऊ न घरभित्रको जन्जीर नेपाली ।

Facebook Comments

Leave a Reply