बाबु आमाको नाममा छात्रवृत्ति

कला

एविसि खबर

काठमाडौं, २३ साउन । खोटाङको बाम्राङमा जन्मेर बेलायतमा कार्यरत पत्रकार तथा समाजसेवी जानुका राईले आफ्नो बुवा र आमाको नामबाट छात्रवृत्ति दिने भएकी छन् । उनले काभ्रेको गिम्दी पोखरी नारायणी ५ मा रहेको नारायण स्थान निमाविमा कार्यक्रम गरेर सो छात्रवृत्ति प्रदान गर्न लागेकी जानकारी दिएकी छन् ।

गीतसंगीतमा समेत उत्तिकै चासो राख्ने उनले संस्थाको मुल उद्देश्य शिक्षा क्षेत्रमा काम गर्ने रहेको भन्दै यो सँगै जोडिएका खेलकुद, संगीत र साहित्यका क्षेत्रमा समेत उत्तिकै महत्वका साथ लिएको बताएकी छन् । उनले आगामी २५ साउनमा एक कार्यक्रमको आयोजना गरेर काभ्रेमा संस्थाले गर्ने सम्पुर्ण कार्यहरूको घोषणा गर्ने तयारी रहेको बताएकी छन् ।

उक्त कार्यक्रमका अवसरमा नारायाणस्थान निमावि काभ्रेले छात्रबृत्ति वितरण तथा विविध साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रदर्शनको कार्यक्रम राखेको विद्यालयका प्रधानध्यापक खड्गबहादुर लामाले जानकारी दिएका छन् । कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने उनले बताए ।

januka g

कलाकारहरु कला राई, आभा मुकारुङ, भुवन सुप्तिहाङ, पुजा श्रेष्ठ, जानुका राई रोशण लामा, गणेश पराजुली, शुभ मुकारुङको टोली समेत कार्यक्रममा सहभागी हुने लामाले जानकारी दिएका छन् ।

विगत ४ वर्ष अगाडि स्थापना भएको सो संस्थाले यस अघिदेखि नै उदयपुर बसाहाको एक विद्यालयमा अध्ययनरत एक छात्र र एक छात्रालाई पढाइ रहेको बताएकी छन् । हाल उनी यस संस्थाको अध्यक्षसमेत रहेकी छन् ।

Facebook Comments

Leave a Reply