क्याप्टेन सुवासको ‘आम्लाबुङ र सिलिहोङमा’

कविता

एविसि खबर
काठमाडौं, २३ साउन । युवा स्रष्टा सुवास राई (क्याप्टेन) को नँया गीति संग्रह ‘आम्लाबुङ र सिलिहोङमा’ शनिबार विमोचित भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले संग्रहको विमोचन गरेका हुन् ।

ssss

विभिन्न परिवेशका ९१ वटा गीतहरू समेटिएका संग्रहको विमोचन कार्यक्रममा बोल्दै रसिकले नया प्रतिभाहरूको कदर हुनुपर्ने बताएका छन् । कार्यक्रममा संग्रहमाथि लेखक गणेश पराजुलीले समीक्षात्मक टिप्पणी गरेका थिए । उनले क्याप्टेनका गीतहरू समग्रमा राम्रो सिर्जनाहरूको संगालो रहेको बताएका छन् । कतिपय गीतहरू मिटरमा नभए पनि भावहरूमा गीत उत्कृष्ट रहेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा साहित्यकार तथा गोर्खा बुक्स पब्लिकेशनका अध्यक्ष शशि लुलुम्बुले लेखकका लेखकीय क्षमता र भोगाईलाई गीति भावमा उतार्न सफल भएकोमा बधाइ तथा शुभकामना दिएका छन् । कार्यक्रममा प्राज्ञ शान्तिराम राई, कवि श्रवण मुकारुङ, कवि तथा गीतकार टिका चाम्लिङ, कवि तथा कथाकार चन्द्र रानोहँछाले शुभकामना दिएका थिए ।

काठमाडौंको बागबजार स्थित सिनेम्याक्सको सभाहलमा भएको कार्यक्रम कवि कलाकार तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply