राष्ट्रिय विभुतिका योग्य छन् रामप्रसाद : उपराष्ट्रपति पुन

समाज

एविसि खबर

काठमाडौं, २२ साउन । किरात समुदायको छाता संगठन किरात राई यायोक्खाको २९ औ स्थापना दिवसको अवसरबोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले किरात समुदायका जननायक रामप्रसाद राईलाई विभुतिका रुपमा योग्य व्यक्ति भएको बताएका छन् । उनले रामप्रसाद राईले मुलुकको परिवर्तनका खातिर २००७ सालमा गरेको योगदानको स्मरण गर्दै आदीवासी समुदायबाट क्रान्तिको नेतृत्व गरेर २४ घण्टा सिँहदरबार कब्जा गर्नु आफै ऐतिहासिक रहेको बताएका छन् । किरात समुदायको मुन्धुमी संस्कृति भन्नु सिँगो नेपालको पहिचानको विषय रहेको भन्दै उनले यो संस्कार संस्कृतिको संरक्षणमा सबैको उतिकै दायीत्व रहेको बताएका छन् ।

उनले देशमा राजनीतिक संघर्षबाट प्राप्त उपलब्धीलाई अपनत्वको महशुस गर्दै बाँकी कार्यभारकालागि रचनात्मक भुमिकामा लाग्न सबैलाई आग्रह समेत गरेका छन् । वर्तमानमा समाबेशी शासन व्यवस्थालाई व्यवस्थीत गराउँदै सबै उत्पिडित समुदायलाई समेत मुलप्रवाहमा ल्याउनु पर्ने बताएका छन् । उनले आन्तरिक रुपमा एक भएमा मात्र राष्ट्रियता एकत मजबुद हुने भन्दै सिँगो देशमा कोही कसैले अपमानित तथा अपहेलित हुन नहुने बताएका छन् ।

यस्तै कार्यक्रममा निर्वतमान संचार मन्त्री शेरधन राईले किरात राई समुदायले अब आत्म समिक्षा गरेर अगाडि बढ्नु पर्ने बेला आएको बताए छन् ।

यायोक्खाले आफ्नो २९ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले पुरस्कार तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता फूटबलतर्फ स्वर्णपदक प्राप्त बिशाल राई, विभिन्न विषयमा विद्यावारिधि प्राप्त जनक राई, नेत्रमणि दुमी राई, कैलाश राई र दोभान राई सम्मान गरिएको थियो ।

यसैगरी प्राध्यापक डा. विष्णु एस राई कृति ‘खम्बुवानबाट हराएका सन्तानहरू’ नामक अनुशन्धान कृतिलाई १५ हजार रुपैयाँ राशिको ‘किराया, छत्र–बिष्णु राई कृति सम्मान’, डा. भक्तकुमार राईको ‘साम्पाङ पहिचानमा लोकगीत’ कृति र गायिका पार्वती राईलाइ ‘किरात सङगीत पुरास्कार’ प्रदान गरिएको छ । भने ८ हजार रुपैयाँ राशिको ‘किराया, मोहनसिं–दुर्गादेबी राई भाषिक पत्रकारिता पुरस्कार’ तिलक चाम्लिङलाई प्रदान गरिएको छ । त्यस्तै सम्मान पाउने खेलाडीहरू दीपा राई (फूटबल), जुनि राई (उसु), सबिता राई (उसु), अनु राई (ब्याडमिन्टन), सम्झना राई (कबड्डी), चण्डीका राई (खोखो), मन्जु राई (खोखो) र पार्वती राई (सहायक प्रशिक्षक) र शेखर राई रहेका छन् । शेखर राई काठमाडौँ उपत्यकाको सडकमा ट्राफिक व्यवस्थापन स्वयंसेवकको कार्य गर्दे आएका छन् ।

यस्तै कार्यक्रममा शसस्त्र प्रहरी बलका प्रहरी महानिरिक्षक दुर्जकुमार राई, १२औं दक्षिण एसियाली फुटबल प्रतियोगिता स्वर्ण पदक विजेता विशाल राई, बिध्यावारिधी प्राप्त गर्ने डा. जनक राई , बिध्यावारिधी डा. नेत्रमणी दुमि राई, विध्यावारिधी डा. कैलाश राई बिध्यावारिधी, डा. दोभान राईलाई सम्मान गरिएको छ ।

यस्तै किराया छत्र– बिष्णु राइ कृती सम्मान ०७२ बाट ताम्रपत्र सहित १५ हजार रुपैयाँले प्रा.डा. विष्णु एस राईलाई पुरस्कृत गरिएको छ । उनलाई ‘खम्बुवानबाट हराएका सन्तानहरू’ नामक कृतिका लागि पुरस्कार प्रदान गरिएको थियो । डा. मदनेस्वरी राइ स्मृति पुरस्कार ताम्रपत्र सहित १५हजार ‘साम्पाङ पहिचानमा लोक गीत’ कृतिका लागि भक्त बहादुर राई, किरात संगीत पुरास्कार ०७२ ताम्रपत्र सहित १५ हजार गायिका पार्वती राईलाई प्रदान गरिएको छ । यस्तै पत्रकार गजुरधन राई, धनकेस्वर–अतम्बरी राइ स्मृति पत्रकारिता पुरस्कार ताम्रपत्र र २५ हजार रुपैयाँ नगद । तिलक चाम्लिङलाई मोहन सिहं दुर्गादेबी राई भाषिक पत्रकारिता पुरस्कार, ताम्रपत्र र ८,हजार रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै प्रतिभाको सम्मान गर्दै यायोक्खाले दीपा राई, जुनि राइ, सबिता राइ, अनु राई, सम्झना राई, चण्डीका राई, मन्जु राई, पार्वती राई, शेखर राईलगायतलाई कदरपत्र प्रदान गरेको छ ।

Facebook Comments

Leave a Reply