क्याम्पसलाई दश लाख रुपैयाँ

एविसि खबर
बुटवल, २१ साउन । रुपन्देही व्यापार संघले लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई १० लाख रुपैयाँ प्रदान गरेको छ । संघले बिहीबार एक कार्यक्रमको आयोजना गरी वाणिज्य क्याम्पसलाई १० लाखको चेक प्रदान गरेको हो । संघका अध्यक्ष मोतीलाल पाण्डे र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले क्याम्पसका अध्यक्ष राजेन्द्रप्रसाद ओझालाई १० लाखको चेक हस्तान्तरण गरे । संघले सामाजिक उत्तरदायित्व बहन गर्नेगरी क्याम्पसलाई १० लाख रुपैयाँ सहयोग गरेको रुपन्देही व्यापार संघका अध्यक्ष पाण्डेले जानकारी दिए । प्रजिअ ढकालले शैक्षिक क्षेत्रमा व्यापार संघले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्दै जानुपर्ने सुझाव दिए ।

रकम हस्तान्तरणपछि लुम्बिनी वाणिज्य क्याम्पस समितिका अध्यक्ष राजेन्द्रप्रसाद ओझाले संघले गरेको सहयोगको उचित व्यवस्थापन गर्दै यसबाट गरिव विद्यार्थीले पढ्न पाउने बताए । वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख ईश्वर गौतमले व्यवस्थापन सङ्कायमा वाणिज्य क्याम्पस अग्रणीको रूपमा उभिएकाले अझै यसलाई विश्वविद्यालयका रूपमा लैजान सबैको सहयोगको आवश्यकता रहेको बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment