एम्बुलेन्स खरिद गर्न करिब साँडे ४ लाख सहयोग

समाचार

एविसि खबर
काठमाडौं, १७ साउन । भोजपुरको होम्ताङमा जन्मेर हाल युकेमा बस्दै आएका होम्ताङवासीहरुले एम्बुलेन्स खरिद अभियानमा सहभागी हुँदै करिब साँडे ४ लाख रुपैया सहयोग गरेका छन् । भोजुपरको होम्ताङबाट काठमाडौं आएर वसोवास गर्दै आएका युवाहरुको सक्रियतामा एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइए पछि गाउँको सम्झना गर्दै उनीहरुले आर्थिक सहयोग गर्न तत्परता देखाइएको हो ।

राष्ट्रपति विद्यादेवि भण्डारीका सल्लाहाकार तथा भोजपुरबाट विगत २ पटक व्यवस्थापिका संसदमा निर्वाचित सदस्य धनहर्क राईको उपस्थितीमा होम्ताङ सेवा समाज युकेबाट पठाइएको रकम हस्तान्तरण गरिएको हो । होम्ताङ सेवा समाज युकेका प्रतिनिधि विजय राईले समाजका उपाध्याक्ष सुरेश राई लाई ४ लाख, ३८ हजार, ६ सय ९० रुपैया रकम हस्तान्तरण गरेका थिए । समाजका उपाध्याक्ष सुरेश राईलाई उक्त रकम हस्तान्तरण गर्दै विजयले रकमको सहि सदुपयोगको अपेक्षा गरेका छन् । हस्तान्तरणको अवसरमा समाजका सचिव मनोज साङसोनले संस्थाले हाल सम्म गर्दै आएको क्रियाकलापका बारेमा जानकारी दिएका छन् । उनले विकट गाउँबाट विरामी भएर काठमाडौं आइपुगेका आपतकालिन समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले संस्थाको स्थापना भएको भन्दै हाल गाउँ र विदेशलाई जोड्ने राम्रो पुल बनेको बताए ।

premरोजगारीका शिलसिलामा जो जो जहाँ गएपनि आफ्नो मातृभुमिप्रतिको मायामोह र त्यस ठाउँको भुगोलको राम्रो ज्ञान भएकाले स्थानीय समुदायले सारो गाह्रो पर्दा सजिलो होस भन्ने उद्वेश्यकले एम्बुलेन्सको आवश्यकता महसुस गरिएको समाजका उपाध्याक्ष सुरेश राईले बताएका छन् । उनले आगामी दिनमा यो कार्यको सफलतापछि सामाजिक विकासका अन्य काममा समेत सहयोगहरुको खोजि कार्य गरिने बताए ।

कार्यक्रममै एमाले भोजपुरका अध्यक्ष प्रेमकुमार राईले एम्बुलेन्स खरिदकालागि ५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण गर्दै उनले भने, ‘ मान्छे जता गएपनि भावना आफ्नो मातृभुमि सँगै रहन्छ भन्ने प्रमाणित भएको छ ।’ समाजविकासका लागि यस्ता सहयोगि मनहरुको धेरै आवश्यकता रहेको उनको भनाइ रहेको थियो । उनले सुझ बुझपूर्ण कामको सुरुवात हुनु नै आधा काम सफल हुनु हो भनेका छन् । उनले हरेक विषय राजनीतिसँग जोड्नु नहुने भन्दै विकासलाई भने राजनीतिलाई सँग सँगै लैजानु पर्ने बताए ।

कार्यक्रममा समाजका सल्लाहाकार समेत रहेका राष्ट्रपतिका सल्लाहाकार धनहर्क राईले विदेशमा बसेर आफ्नो गाउँघर प्रति सँधै उदारमनले डटिरहने दाजुभाइहरुलाई हार्दिक बधाइ दिएका छन् । उनले भने, ‘एम्बुलेन्स खरिद गर्नु सजिलो भएपनि संचालनका लागि भने राम्रो किसिमको तयारी गर्नु पर्ने तथा यसको मर्मत संभारबारेमा समेत सुझबुझका साथ गर्नु पर्छ ।’

Facebook Comments

Leave a Reply