जिग्री र पाँडेको समाजसेवा मोह

कला

एविसि खबर
काठमाडौं, १६ साउन । हाँस्यकलाकारद्वय कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे)ले समाज सेवामा सक्रिय हुने बताएका छन् । ‘न्युट्रल जनता अभियान’ सुरु गरेका जिग्री र पाँडेले बाढी पहिरो पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ काम अगाडि बढाएका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले बाढी पहिरो पिडितका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन् । प्युठानको फोप्ली, लुङ, पूजा, अर्खा, राजबरालगायतका बाढी पहिरो पीडितका लागि राहात अभियान संचालन गर्ने भन्दै सबैको सहयोग मागेका हुन् ।

आर्थिक सहयोगसँगै, लत्ता कपडा, औषधीलगायतका सामग्री समेत सहयोग गर्न सकिने उनीहरुले जनाएका छन् ।
आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संघ, संस्थाले लुम्बीनी बैंक नयाँ बानेश्वरको खाता नं १३२००४३३ मा सहयोग जम्मा गर्न सक्ने कुमार कट्टेलले जानकारी दिए ।

बाढी पहिरोबाट पिडितहरुलाई सहयोग र्पुयाउने हेतुले सहयोग संकलन अभियान गरेको र सहयोग संकलन हुने बित्तिकै पीडित समक्ष पु¥याउने कुमारले बताए । धुर्मुस सुन्तलीसँगको सल्लाह र सहकार्यमा बाढी पीडितका लागि सहयोग संकलन अभियान चलाउन लागेको उनीहरुको भनाई छ ।

Facebook Comments

Leave a Reply