बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

समाचार

एविसि खबर
काठमाडौं, १६ साउन । काठमाडौंबाट उदयपुर तर्फजाँदै गरेको अग्नी यातायातको वस र कांकडभित्ताबाट आउँदै यात्रुबाहक बस एक आपसमा दुर्घटना हुँदा यात्रु ९जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको मनहरीमा ३ स्थित रमनटारमा बिहान भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको हो । ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

bus1

काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं आइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो । आइतबार बिहान साढे ३ बजे भएको सो दुर्घटनामा मृत्यु हुनेमा उदयपुरका २५ वर्षिय विनोद चौधरी र २७ वर्षीय सन्तोष चौधरीको पहिचान खुलेको छ । भने बाँकी ७ जनाको पहिचान खुलन सकेको छैन ।

दुर्घटनामा घाइते ३१ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । केही दिन अघि मात्रै धनकुटामा भएको बस दुर्घटनामा १५ जनाको ज्यान गएको थियो ।

Facebook Comments

Leave a Reply