सहमतिय सरकार गठनकालागि गुज्रिने भो समय

राजनीति

एविसि खबर
काठमाडौं, १६ साउन । नेपालको संविधानलाई टेकेर राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि राजनीतिक दलहरूका लागि दिएको समय अप हुने भएको छ । वर्तमान ओलि नेतृत्वको सरकार कामचलाउ भएसँगै राष्ट्रपतिले दिएको सहमतीय सरकार गठनको ७ दिन राजनीतिक दलका नेताहरुले त्यतिकै गुजार्ने भएका छन् । सहमतिय सरकारको लागि भनिएको समयमा सहमतिका लागि कोही पनि केही त्याग गर्न नसक्ने हटका कारण समय गुजारिने प्रचलननै बसेको छ ।

सात दिनभित्र दलहरूले संसदमार्फत सहमतीय सरकार गठन गर्न नसेकेपछि राष्ट्रपतिले संसद्को सिफारिसमा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनको आहृवान गर्नुपर्नेछ । सहमतीय सरकार गठन हुन नसकेसँगै बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयन हुने भएको छ ।

राष्ट्रपतिबाट बहुमतीय सरकार गठनका लागि आह्वान गर्दै व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र गए त्यो पत्र साउन १७ गते दिनको ३ बजे बस्ने संसद् बैठकमा पढेर सुनाइनेछ । सोही बैठकले प्रधानमन्त्री निर्वाचनका लागि संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोक्ने र प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशन गर्नेछ । सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनको दिन र समय तोक्नेछिन् ।
संसदमा प्रधानमन्त्री निर्वाचनका लागि मनोनयन दर्ता, मनोनाय फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया सुरु हुनेछन् । संसदमा सम्पूर्ण सदस्य संख्याको बहुमतले प्रधानमन्त्री बनाउनुपर्ने हुँदा स्पष्ट बहुमत प्राप्त गर्न २ सय ९८ मत ल्याउनुपर्ने हुन्छ ।

Facebook Comments

Leave a Reply