मनोजको संगीतमा नयाँ गीत (भिडियो सहित)

कला

एविसि खबर
काठमाडौं, १४ साउन । संगीतको बजारमा उम्दा युवा साधक मनोज साङसोङ संगीतमा नया म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार पबिन दाहालको एकल रचनामा रहेको ‘तिमीलाई कुनै पल अँध्यारोले छुँदा…’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

मनोजको एकल संगीत रहेको एल्बम ‘अनुपम’मा समेटिएको उक्त गीत गायक सत्यराज आचार्य र मिलन अमात्यको स्वर रहेको छ । म्युजिक भिडियोमा चर्चित कलाकारहरू जीवन भट्टराई र बर्षा राउतले अभिनय गरेका छन् ।

भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन भने सम्पादन निशान घिमिरेको रहेको छ । भाइब्स् क्रियासन्मार्फत बजारमा आएको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन् ।
भिडियो हेर्न तल जानुहोस

Facebook Comments

Leave a Reply