दिक्तेल–हलेसी सडक अवरुद्ध

एविसि खबर
खोटाङ, १२ साउन । लगातारको वर्षाका कारण खोटाङको दिक्तेल–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको छ । जयरामघाटदेखि हलेसी, हलेसीदेखि मुढे र मुढेदेखि दिक्तेल गरी तीन खण्डमा विभाजित सडकमा अहिले कुनै पनि यात्रुवाहक सवारीसाधन चल्न सकेका छैनन् ।

साउन लागेयता निरन्तर भइरहेको वर्षाका कारण दिक्तेल–हलेसी सडक पाँच दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको यातायात व्यवसायी संघ खोटाङका सचिव रामकुमार हिङ्माङले बताए । वर्षायाम सुरु भएसँगै सुरुमा दिक्तेल–मुढे र त्यसपछि मुढे–हलेसी सडक अवरुद्ध भएको हो ।

ठाउँ–ठाउँमा पहिरो खसेका कारण हलेसीदेखि जयराम खण्ड पनि दुई दिनदेखि ठप्प बनेको यातायात व्यवसायी संघले जनाएको छ । सहर जाने र आउने मुख्य सडक अवरुद्ध भएपछि सर्वसाधारण मारमा परेका छन् ।

Facebook Comments

सम्बन्धित

One Thought to “दिक्तेल–हलेसी सडक अवरुद्ध”

  1. Halakau Tirtha

    Q.मार्का परो कोस्लाई?
    A.हाम्लाई ।

Leave a Comment