मालतीको ‘मेरो भाव’ विमोचित

कला

एविसि खबर
काठमाडौं, ११ साउन । गायिका मालती राई चाम्लिङको सोलो एल्बम ‘मेरो भाव’ विमोचन गरिएको छ । काठमाडौंको चुच्चेपाटीस्थित उत्तर–पूर्व सिने सेन्टरको तालिम हलमा सम्पन्न भएको विमोचन कार्यक्रममा बोल्दै विशेष अथिति गुरुदेव कामदले गीत संगीत भनेको आत्मिक आनन्दको माध्यम भएको बताएका छन् । उनले कार्यक्रममा गायिकाको सांगीतिक साधना अब्बल र अनुशासित रहेको बताए ।

malati

कार्यक्रममा प्रमुख अथिति रहेका एमाले सांसद जयन्ती राईले गीत संगीतलाई जीवन जान्ने सरल सिकाइको बाटोको रूपमा आफूले लिएको बताएकी छन् । उनले आपूmले राजनीतिकको बाटो तय गरिरहँदा त्यो बेलाको जनवादी गीत संगीतले महत्वपूर्ण भूमिका खेलको बताइन् । गीत संगीतलाई मनोरञ्जनको साधनमात्र होइन सामाजिक परिवर्तनको एक हिस्साको रूपमा लिनुपर्ने उनको भनाइरहेको थियो । राजनीतिलाई बुझेर जीवनसँग जोडिएका सिर्जनाहरू गर्न अनुरोध गर्दै उनले राजनीतिलाई समेत नजिकबाट नियाल्न अनुरोध गरेकी छन् ।

परोपकार वृद्वाश्रमका अध्यक्ष तथा उत्तर–पूर्व सिने सेन्टरका अध्यक्ष सरस्वती लामा भुजेलको सभापतित्वमा विमोचित एल्बममा दिनेश सुवेदी, टीका चाम्लिङ, प्रकाश सोताङ, निराश मगर, दीपेश गुरुङ र स्वयं मालतीको शब्द तथा राकेश राई, मनोज साङसोङ, डक्टर किरात, निराश मगरको संगीत रहेको छ । एल्बमलाई मज्जाको म्युजिक डटकमले बजारमा ल्याएको हो ।

Facebook Comments

Leave a Reply