स्पेनमा तुलसीको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

कला

एविसि खबर
काठमाडौं, ११ साउन । नेपाली गीतसंगीतमा निरन्तर साधना गर्दै आएका सर्जककालागि के देश? के विदेश जहाँ गएपनि उस्तै हो भन्ने प्रमाणित गरेका छन् तुलसीले । तुलसी अर्थात तुलसी शिवाकोटीले हालै स्पेनको बार्सिलोनाबाट नयाँ म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

वैदेशिक रोजगारका शिलसिलामा स्पेन बस्दै आएका उनले नेपाली गीत संगीतलाई माया गर्दै दरदेशबाट सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर गीत गएका हुन् । उनले ल्याएको म्युजिक भिडियो फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु भिडियोमा समावेश गरिएको छ ।

गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । सिवाकोटीको यस अघिनेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय ल्याइसकेका छन् ।

निरन्तरको साधना र नेपाली गीत संगीतलाई माया गर्ने उनीमा रहेको बानीले स्वदेशमा नभएपनि विदेशमा हरमद पिरोलि रहेको उनको भनाइ रहेको छ ।

भिडियो हेर्न तलजानुहोस

Facebook Comments

Leave a Reply