शुभम्ले ल्याउने भो सृष्टिको फूल

एविसि खबर
काठमाडौं, ११ साउन । नेपाली चलचित्रको बजारमा नया चलचित्र सृष्टिको फूलको शुभ मुहर्त भएको छ । शुभम् फिल्मको प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र सृष्टिको फूलको आज शुभमुहुर्त भएको हो । ग्लयामरको दुनियाँ नया धारको चलचित्र निर्माण गर्ने उद्येश्यले चलचित्र निर्माण गर्न लागिएको निर्माताहरुले जनाएका छन् । काठमाडौंको कमलादीस्थित गणेशमन्दिरमा चलचित्र सृष्टिको फूलको शुभमुहुर्त हुने कुरा बिचल किरातीले जनाएका छन् ।

किशोर खत्री र त्रिरत्न श्रेष्ठ निर्माता रहेको चलचित्रमा कथा, पटकथा तथा सम्वाद भने गोपाल ढकालको रहेको छ । चलचित्रको संगीत ओम सुनारले गरेका छन् भने गायकरगाइकाहरुमा राजेशपायल राइ, सरस्वती लामा भुजेल, मेलिना राइ , ओम सुनार स्वयम, सचिन राइ , बुद्ध राइ र कला किराँती रहेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment