उमंगको ट्रिजर सार्वजनिक

कला

एविसी खबर काठमाडौं, साउन।

umanga - Copyसगरमाथा फिल्म्सको प्रस्तुतीमा कुमार बि.सी.ले निर्माण गरेको चलचित्र ‘उमंग’को ट्रिजर सार्वजनिक भएको छ । गत शुक्रबार सार्वजनिक गरिएको उक्त ट्रिजरमा विशेषतः वैदेशिक रोजगारीमा गएका युवाको कथा र व्यथामा फिल्म केन्द्रित बनेको छ । ट्रिजरमा सशक्त भुमिकामा प्रश्तुत भएका निर्माता तथा नायक कुमार विशीको अभिनय जोडदार देखिएको, भने चपली हाइटपछि चर्चामा आएकी विनिता बरालको कामुकता पनि दर्शकको चासोको विषय बन्ने निश्चीत छ । फिल्मको ८० प्रतिशत दुवई र बाँकी २० प्रतिशत नेपालमा छायांकन गरिएको यस चलचित्रमा बिदेशी प्राकृतिक मनोरम दृश्य समेत आर्कशणको केन्द्र रहेको छ । ट्रिजर सार्वजनिक गरिएको छोटो समयमै युट्युवमा यसलाई अत्यन्तै रुचाइएको छ । शिव शर्माले निर्देशन गरेको फिल्ममा नायक कुमार विसी र नायिका विनिता बरालको केन्द्रिय भुमिका रहेको छ । फिल्म कात्तिक १२ गते तिहारको अवसरमा रिलिज हुनेछ ।

 

Facebook Comments

Leave a Reply