भालेले मा¥यो पोथी गैँडा

एविसि खबर
चितवन, ९ साउन । भाले गैडाको आक्रमणमा परि चितवनको सेतीदेवी सामुदायिक वनमा एक पोथी गैँडाको मृत्यु भएको छ । करिब छ वर्षको उक्त पोथी गैँडा भालेको आक्रमणमा परी घाइते भएको थियो । गत बिहीबारदेखि घाइते अवस्थामा रहेको गैंडाको उपचारको क्रममा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
प्रजननयोग्य उक्त पोथी गैंडा सहवासको क्रममा घाइते भएको हुनसक्ने कँडेलको अनुमान छ । उक्त गैँडालाई निकुञ्ज र वनका कर्मचारीले मुचुल्का उठाएर खाग, खुर निकालेर खाल्टोमा पुरिएको कँडेलले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment