हाति वन सफाईमा चार किरात

एविसि खबर
काठमाडा्र, ७ साउन । किरातका चारवटा समुदाय यतिखेर ललितपुरस्थित सानो हात्तिबन सरसफाई तथा ब्यवस्थापनमा जुटिरहेका छन् । राई, लिम्बु , सुनुवार र याख्खाका आस्थाको रुपमा स्थापित सानो हात्तिबनको सरसफाई तथा चक्रपथ निर्माणका लागि यी समुदाय आलोपालो गरी गत महिनादेख नै जुटिरहेका हुन् ।

हात्तिबन क्षेत्रमा रहेका झाडी फोर्ने, झारपात उखेल्ने तथा चक्रपथ निर्माण गर्ने क्रममा यी चारै किरात समुदाय बिभिन्न स्थानबाट स्वस्फुर्त रुपमा लागी परिरहेको जनाईएको छ । बिभिन्न जिल्लाबाट राजधानी पुगेका चारै समुदायका बिभिन्न ब्यक्तिहरु झम्पल, गैंती, कुटोकोदालो, बेल्चा खुकुरी, हँसिया, कचिया लिएर सरसफाई तथा ब्यवस्थापनमा जुटिरहेको सानो हात्तिबन संरक्षण समितिले जनाएको हो । यसैबीचृ, शुक्रबार किरात राई यायोख्खाको नेतृत्वमा जुटेका राई समुदायले एक सय तीस मिटर चक्रपथ निर्माण तथा सरसफाई गरेका छन् । बर्षाका बीच पनि उत्साह तथा जाँगरका साथ सो कार्यमा राईहरु सहभागी बनेको यायोख्खाले जानकारी गराएको छ । यी किरात समुदायले सोही स्थानमा निर्मित आ–आफ्नो आस्थाको थानमा पुजाआजा गरी मौलिक संस्कार संस्कृतिसँग सम्बन्धित चाडहरुको बिधिवत शुरुवात गर्ने गरेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment