इन्द्रजात्रा समापन

असोज १५, काठमाडौ

इन्द्रजात्रा पर्वको समापन भएको छ । वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्राको अन्तिम दिन हिजो नानिचा या पर्व मनाइयो ।

इन्द्रजात्राको अन्तिम साँझ वसन्तपुरमा
इन्द्रजात्राको अन्तिम साँझ वसन्तपुरमा

abckhbar
हनुमानढोका दरबार परिसरमा रहेका गणेश,भैरव र कुमारीको रथ स्थानीय महिलासहितले तानेर नगर परिक्रमा गराउने पर्वलाई नानिचा भनिन्छ । यस अवसरमा शाक्य थरकी बालिकालाई कुमारी र बालकहरुलाई गणेश र भैरवका रुपमा वसन्तपुर कुमारीघर अगाडि बेग्लाबेग्लै रथमा चढाएर नगर परिक्रमा गराइन्छ ।
रथलाई स्थानीय नृत्य र बाजागाजका साथ नगरपरिक्रमा गराउने चलन छ ।
नगरपरिक्रमा पछि रथहरु पुनः वसन्तपुरमा ल्याई इन्द्रजात्रा सम्पन्न गरिन्छ । कुमारीलाई आजै वसन्तपुरस्थित कुमारीघरमा भित्रयाएपछि राष्ट्रप्रमुखले कुमारी गणेश र भैरवको हातबाट प्रसाद लिने चलन छ । कमारीघरमा कुमारीलाई प्रवेश गराएपछि हुनमानढोका परिसरमा भदै २९ गते विधिवत रुपमा ठडयाइको इन्द्रजात्राको लिंगो ढालिन्छ । ढालिएको लिंगो तानेर बाग्मतीमा लगी सेलाएपछि सप्ताहव्यापी इन्द्रजात्रा सम्पन्न हुने गर्दछ ।

Facebook Comments

Related posts

Leave a Comment